६ बैशाख २०८१, बिहीबार

४५ वर्षपछि सुर्खेत जिल्ला प्रशासनको आधुनिक भवन

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
४५ वर्षपछि सुर्खेत जिल्ला प्रशासनको आधुनिक भवन
0 Shares

सुर्खेत ।

करिव ४५ वर्षपछि सुर्खेत जिल्ला प्रशासन कार्यालयको आफ्नै आधुनिक भवन निर्माण भएको छ । त्यही आधुनिक भवनबाट सरकारी सेवाहरु उपलव्ध गराइएको छ । मङ्गलवार गृह सचिव विनोद प्रकाश सिंहले प्रशासनको नयाँ आधुनिक भवनको उद्घाटनसमेत गर्नुभयो ।


सो क्रममा गृहसचिव सिंहले नयाँ भवनबाट सेवाग्राहीलाई सेवा दिन सहज र गुणस्तरीय हुने बताउनुभयो । उहाँले जसरी भवन निर्माणको काम तोकिएको अवधिभन्दा छिटो भयो, त्यसैगरी सेवाग्राहीलाई पनि छिटो सेवा प्रदान गरेर सरकारी कार्यालयप्रति थप विश्वास जगाउनुपर्ने सुझाव दिनुभयो । साथै सुर्खेत प्रशासनलाई उत्कृष्ट सेवा दिएर प्रदेशकै नमूना कार्यालय बन्न पनि निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पुरानो भवन साँघुरो भएकोले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकिएकोमा अव भने सहज र गुणस्तरीय सेवा दिइने प्रतिवद्धता जनाउनुभयो । उहाँले सुर्खेत प्रशासनमा दैनिक कामको चाप बढ्दै गएको तर स्रोत र साधनको अभाव भएकोले सोको व्यवस्था जुटाइदिन गृहमन्त्रालयसँग माग गर्नुभयो ।
२०३४ सालमा बनेको पुरानो शैलीको साँघुरो भवनबाट सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयले यही फागुन ११ गतेदेखि नयाँ भवनबाट सेवा दिएको छ । सुनकोशी÷प्रजिल निर्माण सेवाले सात करोड ६१ लाखको लागतमा भवन तयार गरेको हो । २०७७ पुस ९ गते भवन निर्माणको सम्झौता भइ २०८० असार ८ गतेसम्म सम्पन्न गर्नुपर्ने भनिएपनि निर्माण कम्पनीले तोकिएको अवधिभन्दा सात महिना अगाडि नै भवन निर्माण गरेर हस्तान्तरण गरेको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका इन्जिनियर टिकाराम पोख्रेलका अनुसार नवनिर्मित चार तले भवनमा ४६ वटा कोठा छन् ।
नागरिकता, राहदानलगायत अत्यावश्यकीय सेवा प्रदान गर्ने कोठाहरु पहिलो तलामा छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत पदमलाल लामिछानेले ४५ वर्षपछि जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण भएको बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap