१७ बैशाख २०८१, सोमबार

जातीय विभेद उन्मूलन नभएकाेमा चिन्ता व्यक्त

प्रदेश शिक्षा / स्वास्थ्य समाचार
जातीय विभेद उन्मूलन नभएकाेमा चिन्ता व्यक्त
0 Shares

सुर्खेत ।
सुर्खेतमा पनि ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको छ । सोमवार इन्सेक र दलित महिला संघ सुर्खेतको आयोजनामा ¥याली र कोणसभा गरेर दिवस मनाइएको हो ।


मंगलगढीबाट सुरु भएको ¥याली पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले जातीय विभेदको उन्मूलन अझै हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयाे । उहाँले कानुन बनेपनि व्यवहारमा विभेद कायमै रहेको हुँदा कानुन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयाे ।
वाम संस्थाका अध्यक्ष मधुरानी ढकाल, दलित गैसस महासंघका केन्द्रीय सचिव नारायण विकले जातीय विभेद उन्मूलन दिवसको सार्थकताका वारेमा जानकारी गराउनुभएकाे थियाे । उहाँहरूले समानताका लागि सवैको सहयोग आवश्यक रहेको जनाउनुभयाे । कार्यक्रममा दलित गैसस महासंघका प्रदेश अध्यक्ष गगनसिंह एलजी, इन्सेकका दुर्गा थापा, विन्दुलाल रेग्मी, दलित महिला संघका सचिव खगिसरा वली, संघका परियोजना संयोजक सीता नेपाली, एकल महिला समूहका शितलसिंह राठौरलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी आइतवार दलित महिला संघको आयोजनामा भेरीगंगा नगरपालिका—११ रामघाटमा छुवाछूत कसुर ऐनको वारेमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । ५० जनाको सहभागिता रहेको कार्यक्रममा छूवाछूत कसुर ऐनको आवश्यकता, कानुनमा भएका बुँदालगायतका वारेमा जानकारी गराइएको थियो । कार्यक्रममा दलित महिला संघका परियोजना संयोजक सीता नेपाली, सहजकर्ता चम्पा विकलगायतको उपस्थिति थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap