१६ चैत्र २०८०, शुक्रबार

स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री
0 Shares

सुर्खेत ।
दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री दिएको छ । मंगलवार दलित महिला संघका सचिव खगिसरा वली, कार्यक्रम संयोजक सीता नेपालीले शाखालाई ती सामग्री दिनुभएको हो ।

कोरोनाको संक्रमण केही कमी भएपनि जोखिम अझै रहेकोले संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेको सचिव वलीले बताउनुभयो । मास्क, सेनिटाइजर, अक्सिमिटरलगायतका सामग्रीहरु प्रदान गरिएको छ । यसअघि संस्थाले दलित समूहमा आवद्ध महिलाहरुलाई पनि स्वास्थ्य सामग्रीलगायत खाद्यान्न सहयोग गरेको थियो ।

यसैगरी संस्थाले भेरीगंगा नगरपालिकाको रामघाटमा दुई दिने कानुनी साक्षरता कक्षा संचालन गरेको छ । बुधवार लोकसिंह विश्वकर्माले प्रशिक्षण दिएको र विहीवार अधिवक्ता गीता कोइरालाले प्रशिक्षण दिने बताइएको छ । कक्षामा २५ जनाको सहभागिता रहेको छ । दलित महिलालाई मुख्यगरी कानुनी ज्ञान, मानवअधिकारको सवाललगायत विभिन्न विषयमा प्रशिक्षण दिइने संघका सचिव वलीले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap