१५ बैशाख २०८१, शनिबार

हाजिरी जवाफ प्रतियोगिता

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
हाजिरी जवाफ प्रतियोगिता
0 Shares

सुर्खेत ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दलित महिला संघ सुर्खेतले समूहका सदस्यहरुवीच जनचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता गराएको छ । सोमवार वीरेन्द्रनगर नगरपालिका—२ को सिर्जना टोलमा आयोजना गरिएको प्रतियोगितामा ४५ जना सहभागी थिए ।


प्रथम समूहले १३ अंक, द्वितीय समूहले ११ अंक, तृतीय समूहले ६ अंक र चौथो समूहले ५ अंक ल्याएको दलित महिला संघका सचिव खगिसरा वलीले बताउनुभयो । उहाँले समूहमा आवद्ध सदस्यहरुलाई प्रतियोगिताका माध्यमबाट जनचेतना जगाउने उद्देश्य रहेको उल्लेख गर्नुभयो । सहजकर्ता चम्पा विकले सहजीकरण गरेको प्रतियोगिताको संचालन संघका परियोजना संयोजक सीता नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap