१२ बैशाख २०८१, बुधबार

प्रदेशकै आधुनिक ग्याविन उद्योग स्थापना

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
प्रदेशकै आधुनिक ग्याविन उद्योग स्थापना
0 Shares

सुर्खेत ।
कर्णाली प्रदेशकै पहिलो र आधुनिक ग्याविन वायर उद्योग सञ्चालनमा आएको छ । सुर्खेतका व्यवसायीहरु पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले १५ कराेडकाे लागतमा सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याउनुभएकाे हाे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सो उद्योगको उद्घाटन गर्दै नीजि क्षेत्र सक्षम नभएसम्म अन्य क्षेत्रको विकास गनर्को नसकिने बताउनुभयाे । उद्योगी र उद्यमीहहरुको विकास गर्नमा सरकार सदैव तत्पर रहेकाले ठूला उद्योगमा लगानी गर्न उहाँले आव्हान गर्नुभयाे । प्रदेशको आर्थिक समृद्धिका लागि सरकारलाई निजी क्षेत्रले सहयोग गर्नुपर्ने भन्दै उहाँले सरकारले पनि लगानी सुरक्षित गर्ने वातावरण तयार गर्ने जनाउनुभयाे ।
नेपाल उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही र सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा ठूलो क्षमताको आधुनिक ग्याविन वायर उद्योग स्थापना भएकोले निर्माण व्यवसायीहरुलाई तारजाली बाहिरबाट ल्याउने समस्या हट्ने बताउनुभयाे । उहाँहरुले सरकारसँग सडक, विद्युतको विकास गरिदिन पनि माग गर्नुभयाे ।


वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले औद्योगिक क्षेत्रमा पछिल्लो समय नयाँ र आधुनिक उद्योगहरु स्थापना भइरहेकोमा खुशी व्यक्त गर्नुभयाे । उहाँले २०३८ सालमा स्थापना भएकाे अाैद्याेगिक क्षेत्र साँघुराे हुँदै गएकाेले यसकाे उचित व्यवस्थापनमा ध्यान दिन अाग्रह गर्नुभयाे ।
वीरेन्द्रनगर–१२ औद्योगिक क्षेत्रमा झण्डै १५ करोड लागतमा सो उद्योग स्थापना गरिएको हो । चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन गर्न सकिने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले जानकारी दिनुभयाे । मेसिनबाट दैनिक ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्न सकिने छ ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले अप्रत्यक्ष र प्रत्यक्षरुपमा ४० जनालाई रोजगारी दिएको छ । उद्योगले हाल २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्ने जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap