१४ बैशाख २०८१, शुक्रबार

दलित महिलालाई स्वास्थ्य सामग्री र किशोरीलाई प्याड

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
दलित महिलालाई स्वास्थ्य सामग्री र किशोरीलाई प्याड
0 Shares

सुर्खेत ।
दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाका महिलालाई स्वास्थ्य सामग्री र किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरेको छ । संघद्वारा संचालित नेपालमा दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत ती पालिकाका महिलालाई मास्क, सेनिटाइजर, साबुन वितरण गरिएको हो ।

संस्थाका सचिव खगिसरा वलीका अनुसार किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरिएको छ । संघद्वारा गठित समूहमा आवद्ध सदस्यका साथै अन्य विपन्न एक सय जना महिला र ५० जना किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरिएको उनले बताइन् । संस्थाका अध्यक्ष मन्जु सुनारले कोरोना जोखिमको बेला समूहमा आवद्ध महिलाहरुलाई स्वास्थ्य सामग्रीका साथै किशोरीहरु महिनावारी हुँदा सुरक्षित र सफाईमा ध्यान दिनका लागि सेनिटरी प्याड सहयोग गरिएको जनाइन् ।

यसअघि संस्थाले करिव दुई सय जना महिलालाई खाद्यान्नका साथै स्वास्थ्यका सामग्री वितरण गरेको थियो । सामग्री वितरणमा संस्थाका परियोजना संयोजक सीता नेपाली, सहजकर्ता चम्पा विकलगायतको उपस्थिति थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap