७ बैशाख २०८१, शुक्रबार

हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिता

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिता
0 Shares

सुर्खेत ।
घर परिवार तथा समाजमा हुने लैंगिक हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिताको खाँचाे छ । दलित महिला संघ सुर्खेतले हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिता हुनुपर्ने भन्दै दुई दिने तालिमको आयोजनासमेत गरेको छ । आइतवारदेखि सुरु भएको तालिममा वीरेन्द्रनगर नगरपालिकाभित्रका २५ जना किशोरकिशोरीहरुको सहभागिता छ ।

दलित महिला संघले संचालन गरेको नेपाल दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । परियोजना संयोजक सीता नेपालीले किशोर किशोरी उमेरबाट लैंगिक हिंसा रोक्न महिला र पुरुषको समान सहभागिता हुनुपर्ने धारणाको विकास गराउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयाे ।
दलित महिला संघका सचिव खगिसरा वलीले तालिममा मानवअधिकारको अवधारणा, मानवअधिकार कार्यान्वयनका लागि नेपालको संविधानमा राखिएका प्रावधानहरु, दलित ऐन २०६८ र संशोधित ऐन, लिंग, लैंगिकता, लंैगिक हिंसा र यसका कानुनी व्यवस्था, दलित समुदायमाथि हुने गरेको लैंगिकतामा आधारित हिंसाहरुलगायतका वारेमा जानकारी गराइने जनाउनुभयाे । उमाशंकर आचार्यले सहजीकरण गर्ने तालिम आज सोमवारसम्म हुनेछ । संघका सदस्य सपना परियारले तालिमले हिंसा न्यूनीकरणमा सहयोग पुग्ने ज्ञानको विकास गराउने बताउनुभयाे । यसअघि यो तालिम भेरीगंगा नगरपालिकाका २५ जना किशोरकिशोरीहरुलाई पनि दिइसकिएको दलित महिला संघले जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap