१४ बैशाख २०८१, शुक्रबार

कर्णालीकै पहिलो हर्बल स्पा संचालनमा

कर्णाली कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
कर्णालीकै पहिलो हर्बल स्पा संचालनमा
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश राजधानी सुर्खेतमा हर्वल स्पा (मसाज सेन्टर) संचालनमा आएको छ । ड्रिम्स फिटनेस एण्ड हर्वल स्पाको शनिवार सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले उद्घाटन समेत गर्नुभएकाे छ ।

स्पामा साउना, स्टिम बाथ, जाकुजीका साथै शरीर मसाजको सेवा दिइनेछ । सुर्खेतका युवा व्यवसायीहरु उपेन्द्र खड्का, विशाल ढकाल, डम्मर गौतम र मानव बमले दुई करोड बढीको लागतमा सो हर्वल स्पा संचालनमा ल्याउनुभएकाे हाे । त्यसअघि फेसियल हाउस संचालनमा अाइसकेकाे छ । स्पा संचालक विशाल ढकालले फेसियल हाउस, हर्वल स्पाका साथै दोहोरी साँझ र रेष्टुरेन्ट पनि संचालनमा ल्याउने तयारी भइरहेको बताउनुभयाे । यी सवैको कूल लागत अढाई करोड हुनेछ ।


मानिसहरुको दैनिकी व्यस्त हुँदै गएको र आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसकेको अवस्थामा हर्व स्पाबाट शरीर स्वस्थका साथै तन्दुरस्त राख्न सघाउ पुग्ने दावी ढकालको छ । अहिले फेसियल हाउस र स्पामा करिव २० जनाले रोजगारी पाएका छन् । पुरै योजना संचालनमा आएमा ५० जनाले रोजगारी पाउने उहाँले बताउनुभयाे। स्पामा आधा बाहिरबाट र आधा स्थानीय जनशक्तिले रोजगारी पाएका छन् । स्पाले नयाँ प्रशिक्षार्थीलाई पनि सौन्दर्यसम्वन्धी प्रशिक्षण दिइरहेको उहाँको भनाइ छ । स्पामा प्याकेज अनुसार एक हजार पाँच सय रुपियाँदेखि तीन हजारसम्मको शुल्क तोकिएको छ । महिलाका लागि सोमवार र शुक्रवार विशेष प्याकेज तोकिएको संचालक ढकालले जनाउनुभयाे ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले प्रदेश राजधानी भएसँगै युवाहरुको आकर्षण व्यवसाय क्षेत्रमा पनि परेको बताउनुभयाे । उहाँले सौन्दर्य र शारीरिक स्वस्थ्यताका लागि हर्वल स्पाहरुको आवश्यकता भएको हुँदा यसले व्यस्त मानिसको जीवनलाई स्वस्थ बनाउने उल्लेख गर्नुभयाे । साथै स्पाको प्रगतिको पनि शुभकामना दिनुभयाे ।

हर्वल स्पा उद्घाटनमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य टेकबहादुर भण्डारी, सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष गणेश बस्नेत, महासचिव लक्ष्मण कँडेल, सदस्य भीम पौडेलका साथै संचालकहरु उपेन्द्र खड्का, डम्मर गौतम, मानव बम, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, उपाध्यक्ष सुदीप पुरी, सहसचिव ईश्वर अधिकारीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap