२२ बैशाख २०८१, शनिबार

धमला केन्द्रीय सदस्यकाे उम्मेदवार

कर्णाली प्रदेश समाचार
धमला केन्द्रीय सदस्यकाे उम्मेदवार
0 Shares

काठमाडौँ ।
नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउनुभएकाे हाे । उहाँको उम्मेदवारी शेखर कोइरालाको टिमबाट रहेको छ । जिल्ला पार्टी सभापतिको रुपमा सफल कार्यकाल सम्पन्न गरेका धमला महाधिवेशन प्रतिनिधिहरुले आफुलाई चुन्नेमा विश्वस्त समेत रहेकाे बताउनुभयाे ।
धमलाको राजनीतिक जीवन
वि. सं. २०३७ बाट नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनीतिमा होमिएका उनी सोही वर्ष नेविसंघ, अचने मावि धादिङ इकाई अध्यक्ष बन्न सफल हुनुभयाे । विद्यार्थीकालमा निकै संघर्षपूर्ण राजनीतिक गरेका उनीमाथी निकै ठुला ठुला भौतिक आक्रमण समेत भएको थियो । उहाँमाथि भिरबाट गुल्ट्याउनेसम्मको निकै निन्दनीय आक्रमण समेत गरिएको थियो । पन्चायत विरुद्धको आन्दोलनमा निकै सक्रिय भएर लागेका उनी पटक पटक पक्राउ समेत परेका थिए ।
धमला केही समय शिक्षण पेशामा समेत आवद्धता हुनुभयाे । २०५३ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुँदै २०५४ सालमा नेपाली कांग्रेस धादिङ, क्षेत्र नं. २, क्षेत्रीय सचिव बनेका उहाँ २०५५ सालमा गाविस राष्ट्रिय महासंघ सदस्य समेत बन्न सफल हुनुभएकाे िथयाे । निडर र प्रष्टवक्ता भएकै कारण धमलाले राजनीतिक रुपमा आफुलाई अगाडि बढाउन सफल भइरहनुभयाे ।
२०५७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य बन्न सफल उहाँ माओवादीको निशानामा समेत पर्नुभएकाे िथयाे । कसैको त्रास र डर धम्कीको वास्ता नगरि राजनीतिमा लागि रहेका उनी २०६२ नेपाली कांग्रेस धादिङको जिल्ला सदस्य बन्न सफल हुनुभयाे । २०६२सालदेखि २०६७ सालसम्म नेपाली कांग्रेस, विदेश विभाग सदस्य-सचिवको रुपमा कार्यसम्पादन गरेका उहाँले आफ्नो राजनैतिक जीवनलाई अझै उचो बनाउन सफल हुनभयाे । उहाँ २०७२ सालमा सम्पन्न तेहौँ महाधिवेशनबाट नेपाली कांग्रेस धादिङको जिल्ला सभापति बन्न सफल हुनुभएकाे िथयाे ।
सामाजिक आबद्धता
२०५८ सालमा स्थापना भएको पर्यावरण संरक्षण मञ्च नेपालको उहाँ सँस्थापक अध्यक्ष हुनुहुन्छ । २०६० सालमा बाल भविष्य संगठन नेपालको सँस्था स्थापना गरेर उनले सयौ बालबालिका हरुलाई गुणस्तरीय शिक्षादिक्षा समेत दिन सफल हुनुभएकाे छ । त्यस सँस्थाको पनि उहाँ अध्यक्ष हुनुहुन्रछ । २०६८ सालमा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ-नेपालको अध्यक्ष रहेका उहाँले २०७० सालमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष जिम्मेवारी समेत समालिसक्नु भएकाे छ ।
धमलाले नीति, विधि र पद्धतिमा आधारित पार्टी बनाई मजबुत संगठनको स्पष्ट मार्गचित्र कोरी आगामी निर्वाचनमा ३ वटै तहमा पार्टीलाई विजयी बनाउने संकल्पको साथ आफ्नो उम्मेदवारी दिएको बताउनुभएकाे छ । जवाफदेही, जिम्मेवार र गतिशील नेतृत्व नै काँग्रेसको अहिलेको आवश्यकता भएकोमा उहाँले जोड दिदैं सबै क्षेत्रमा संलग्न व्यक्तिहरुलाई पार्टी भित्र सँगठित गर्नु नै आफ्नो मुल उद्देश्य रहेको वताउनुभएकाे छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap