१९ बैशाख २०८१, बुधबार

सञ्चारिका समूह कर्णालीमा नयाँ नेतृत्व

कर्णाली प्रदेश समाचार
सञ्चारिका समूह कर्णालीमा नयाँ नेतृत्व
0 Shares

सुर्खेत ।

सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । बिहीबार सम्पन्न समूहको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा कृष्णमाया उपाध्याय (जुम्ला), महासचिव चाँदनी कठायत (सुर्खेत), सचिवमा मनिषा केसी (रुकुम पश्चिम) र कोषाध्यक्षमा सृजना बुढाथोकी (सुर्खेत) चयन हुनुभएको छ ।


यस्तै सदस्यमा रजनी योगी (दैलेख), सुकुमाया शाही (मुगु), कोमल शाही (सुर्खेत), तिलसरा विक (हुम्ला), पवित्रा जैसी (कालीकोट), चन्द्रा कँडेल (सुर्खेत) र कल्पना ढेंगामगर (सुर्खेत) चयन हुनु भएको छ ।
अधिवेशनमा शुभकामना दिँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारितामा पेशागत सुरक्षा र व्यबसायिक दक्षता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले महिला सहभागिता बढाउनका लागि महिला नेतृत्वहरु पनि लाग्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारिता क्षेत्रमा महिलाहरुलाई टिकाउन देखिएका चुनौति र समस्याहरुलाई सामना गरेर अघि बढ्नुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले कार्य क्षेत्रमा क्रियाशीलता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले महासंघले महिला पत्रकारहरुका लागि लेखनवृत्ति तालिम दिनेलगायतका योजना रहेको जानकारी दिनुभयो । कार्यक्रम समूहका निवर्तमान अध्यक्ष टीका विष्टको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap