१६ बैशाख २०८१, आईतवार

यामाहाको ब्लुटुथ मोटरसाइकल सार्वजनिक

अर्थ कर्णाली प्रदेश समाचार
यामाहाको ब्लुटुथ मोटरसाइकल सार्वजनिक
0 Shares

सुर्खेत ।

यामाहाको अत्याधिक मोटरसाइकल सोमवार सार्वजनिक गरिएको छ । यामाहाको सुर्खेतस्थित अधिकृत विक्रेता डेनिस अटो सपले यामाहाको एफजेड एस भी थ्री एक्स कनेक्टेड मोटरसाइकल सार्वजनिक गरेको हो । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का र डेनिस अटो सपका संचालक गणेश बस्नेतले संयुक्तरुपमा सो मोटसाइकल सार्वजनिक गर्नुभएको हो ।


संचलक बस्नेतले युवाहरुलाई लक्षित गरेर कम्पनीले उक्त मोटरसाइकल बजारमा ल्याएको बताउनुभयो । नयाँ प्रविधि जडान उक्त मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय र ३ लाख ८९ हजार ९ सय रहेको छ । ब्लु टुथबाट संचालन गर्न सकिने, हराएपनि तत्काल पत्ता लाग्ने सुविधा उक्त मोटसाइकलको रहेको छ । मोटरसाइकल प्रेमीहरुका लागि आकर्षक रहेको यो मोटरसाइकलले आफ्नो बजार लिने संचालक बस्नेतले जनाउनुभयो ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले युवाहरुलाई लक्षित गरेर ल्याइएको मोटरसाइकलले युवाहरुको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय अटोमोबाइलको क्षेत्रमा लगानी र आकर्षण बढिरहेकोले सवैले सहयोग गर्नुपर्ने जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap