२० बैशाख २०८१, बिहीबार

कमल गुरुङको टायल मार्वल व्यवसाय शुभारम्भ

अर्थ प्रदेश समाचार
कमल गुरुङको टायल मार्वल व्यवसाय शुभारम्भ
0 Shares

सुर्खेत ।
सुर्खेत लाटिकोइलीका युवा व्यवसायी कमल गुरुङ घर निर्माणका सामग्रीहरुको व्यवसायमा संलग्न भएका छन् । काँक्रेविहार टे«डिङ कन्सर्न प्रालि स्थापना गरेर उनी घर निर्माणका लागि आवश्यक पर्ने सामग्रीको व्यवसायमा संलग्न भएका हुन् ।


विहीवार सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कन्सर्नको उद्घाटन गर्दै सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै नयाँ र ठूला लगानीमा विविध सामग्रीहरुको व्यवसाय सुरु भएको बताए । उनले अन्य व्यवसाय झैं गुरुङलाई यस व्यवसायमा पनि सफलता प्राप्त गर्न सुझाव दिए ।
कन्सर्नका संचालक कमल गुरुङले सवैको साथ र सहयोगले यो व्यवसाय पनि राम्रो हुने अपेक्षा गरेका छन् । उनले भारतमा उत्पादन गरेका ग्रेनाइट, टायलहरु बाहिरको मूल्यमै सुर्खेतमै स्थापना हुने र अव बाहिर जान नपर्ने जानकारी दिए । उनका अनुसार उनको पसलमा टायल, मार्बल, बेसिनलगायत घर निर्माणमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु उपलव्ध रहेका छन् ।


कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य टेकबहादुर भण्डारी, काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap