७ बैशाख २०८१, शुक्रबार

मानव बेचविखन र ओसारपसारविरुद्ध कार्ययोजना ः एक महिनाभित्र सवै पालिकामा समिति, नाकामा सोधपुछ कक्ष

कर्णाली प्रदेश मुख्य समाचार समाचार
मानव बेचविखन र ओसारपसारविरुद्ध कार्ययोजना ः एक महिनाभित्र सवै पालिकामा समिति, नाकामा सोधपुछ कक्ष
0 Shares

सुर्खेत ।

मानव वेचबिखन तथा ओसारपसारका गतिविधिहरु हुन थालेपछि कर्णाली प्रदेश राजधानी सुर्खेतमा त्यस्ता कार्य रोक्न कार्ययोजना तयार गरिएको छ । सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सक्रियतामा एक महिनाको अवधिमा सो कार्ययोजना तयार गरिएको हो ।

मानव बेचविखन र ओसारपसार नियन्त्रणका लागि सोधपुछ कक्ष स्थापना गर्न लागिएको कर्णाली प्रदेशको प्रवेशद्वार सुर्खेतको बबई नाका ।

कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा सुर्खेतकै विभिन्न पालिकाबाट वीरेन्द्रन ल्याएर भारततिर लैजाने गरिएको पाइएको हुँदा बेचविखन तथा ओसारपसार विरुद्ध तयार गरिएको कार्ययोजनाबाट नियन्त्रण र निगरानी गरिनेछ । सुर्खेतको विशेषगरी भेरीगंगा नगरपालिकाको मैनतडा, रामघाट, मेहेलुकना, गुर्भाकोट नगरपालिकाको सहारे, मालारानी, पंचपुरी नगरपालिकाको बावियाचौर, तातापानी, घाटगाउँ क्षेत्र मानव बेचविखन र ओसारपसारका लागि बढी जोखिमयुक्त छन् ।
कार्ययोजना अनुसार यो कात्तिक महिनाभित्र जिल्लाका सवै नौ वटै पालिकामा मानव वेचविखन तथा ओसारपसार विरुद्धको पालिकास्तरीय समिति गठन गरिनेछ । यस्तै आगामी मंसिर महिनाभित्र कर्णाली प्रदेश गर्ने नाका सुर्खेतको बबईमा सोधपुछ तथा अभिलेखीकरण कक्षा स्थापना गर्ने तथा बालबालिका खोजतलास समन्वय केन्द्र गठन गरिनेछ । साथै वीरेन्द्रनगरको सिटी बसपार्क तथा भेरीगंगाको छिन्चु बसविसौनीमा डिजिटल नोटिसबोर्ड राख्ने, जिल्लामा रहेका बालगृहरुको अनुगमन गर्ने, रोजगारीको नाममा विदेशिने क्रमलाई कमी ल्याउने, मावन बेचविखन तथा ओसारपसार सम्वन्धी घटेकाहरु घटनाहरुलाई तथ्यांकीकरण गर्ने तथा यसका विरुद्ध बढी प्रचारप्रसार तथा सचेतना कार्यक्रमहरु गर्ने योजना पनि सो कार्ययोजनामा उल्लेख छ ।
यो कार्ययोजना जोखिमयुक्त पालिकाहरुका लागि प्रभावकारी हुने कार्ययोजना निर्माणमा संलग्न सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो । कार्ययोजनाले आगामी चैत महिनासम्म गर्ने काम र आवश्यक अनुमानित बजेट समेत तयार गरेको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कार्ययोजनाको आधारमा काम गरे मानव बेचविखन र ओसारपसार विरुद्ध काम गर्न सहज हुने बताउनुभयो । उहाँले जिल्लाका सवै पालिकाहरुलाई कात्तिक महिनाभित्र पालिकास्तरीय समिति गठन गरिसक्न निर्देशनसमेत दिनुभयो । सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बसाईंसराई, गरिवीले विशेषगरी दलित समुदायका महिला र बालबालिकाहरु जोखिममा रहेको उल्लेख गर्नुभयो । उहाँले बबई नाकामा सोधपुछ कक्ष स्थापना गरिए नियन्त्रणमा कमी ल्याउन सकिने दावी गर्नुभयो ।
महिला तथा बालबालिकाहरुको क्षेत्रमा कार्यरत आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले सुर्खेतका भेरीगंगा, गुर्भाकोट, पंचपुरी नगरपालिकाका साथै दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम जिल्ला पनि बेचविखन र ओसारपसारको जोखिममा रहेको बताउनुभयो । उहाँले कार्ययोजना अनुसार काम गर्न सकिए केही कमी आउने जिकिर गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap