१७ बैशाख २०८१, सोमबार

लकडाउनपछिको लापरबाहीले कोरोना सङ्क्रमणको जोखिम बढ्यो

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
लकडाउनपछिको लापरबाहीले कोरोना सङ्क्रमणको जोखिम बढ्यो
0 Shares

सुर्खेत ।

साउन ५ गतेदेखि लकडाउन (बन्दाबन्दी) खुकुलो बनाएपछि कोरोना सङ्क्रमणको जोखिम भने झन बढेको छ । मास्क नलगाउने, भीड बढ्नेलगायतका सुरक्षा सावधानी अपनाउने काममा लापरबाही बढेपछि कोरोना सङ्क्रमण झन बढेको हो ।
अझै यस्तै लापबारही बढ्ने र सचेतना नआउने हो भने सङ्क्रमण भयावह हुनसक्ने खतरा चिकित्सकहरुले औंल्याएका छन् । प्रदेश अस्पतालमा कोरोना सङ्क्रमित अस्पतालमा खटिएका डा. नवराज केसीले लकडाउन खुकुलोपछि सङ्क्रमणको अवस्था अलि बढेको बताउनुभयो । उहाँले कर्णालीमा भारतमा आउनेहरुको संख्या कम भएको तर सङ्क्रमण भने दिनदिनै बढेकोले समुदायस्तरमा फैलिएको जानकारी दिनुभयो । क्वारेन्टाइन तथा आइसोलेशनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरुमा सङ्क्रमण फैलिएको छ । लकडाउन खुलेपछि सङ्क्रमण दरपनि बढेकोले यो स्वभाविक भएको डा. केसीको भनाइ छ ।
समुदायमा कोरोना प्रवेश गरेको अवस्थामा कोरोनाको चौथो चरण भएको उहाँले बताउनुभयो । कर्णालीका संक्रमितहरुमा अहिलेसम्म कोरोनो देखिएको छैन । जसका कारण चिकित्सकहरुले केही सकारात्मक अवस्था भएको बताउँछन् । सङ्क्रण बढ्दै गएपनि आत्तिनु नपर्ने तर सचेत हुनुपर्ने सुझाव डा. केसी बताउनुहुन्छ । सुरुमै भारतबाट आउने नेपालीहरुलाई सीमानाकामै उचित व्यवस्थापन गर्न सकेको भए अहिलेको अवस्था आउन नसक्ने भन्दै उहाँले अवको अवस्था भनेको रोगप्रति सचेत हुँदै संयमित हुनु रहेको उल्लेख गर्नुभयो ।
जोखिम समुदायको परीक्षण
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोरोना सङक्रमण बढी हुने क्षेत्रलाई विभाजन गरी परीक्षण गर्न लागेको छ । यातायात व्यवसायी, व्यापारी, तरकारी पसलेहरुलाई बढी जोखिमयुक्त क्षेत्र मानेर परीक्षण गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख चेतननिधि वाग्लेले भारतबाट आएकाहरुलाई व्यवस्थित गर्न नसक्दा कर्णालीमा कोरोना बढेको बताउनुहुन्छ । उहाँले अहिले समुदायमा पनि कोरोना पुगेकोले बढी जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर परीक्षण गरिने बताउनुभयो ।
सुर्खेतमा मात्रै करिव पाँच सयदेखि छ सयसम्म जनाको परीक्षण गर्ने तयारी रहेको जानकारी दिदैं उहाँले यातायात मजदुर, व्यापारी, कर्मचारी, तरकारी पसल संचालकहरुलाई प्राथमिकता दिइने बताउनुभयो । यी क्षेत्रका व्यक्तिलाई परीक्षण गरेपछि समुदायमा फैलिए नफैलिएको एकीन हुने उहाँको भनाइ छ । अहिले कर्णालीमा देखिएकाहरुमा ट्राभल हिस्ट्री नभएको पाइएको छ ।
लकडाउन खुलेपछि सङ्क्रमणको जोखिम बढेकोले त्रासपनि बढेको छ । मास्क अनिवार्य लगाउन र बारम्बार हात धुने काममात्रै गरेमा पनि कोरोनाबाट बच्न सकिने जनस्वास्थ्य सेवा प्रमुख वाग्लेले बताउनुभयो । मास्क नलगाउने, भीडभाड बढाउने र हातधुने बानीमा हेलचेक्र्याईं गरिएको भन्दै उहाँले यदि यस्तै हेलचेत्र्mयाई बढेमा सङक्रमणले महामारी लिनसक्ने चेतावनी दिनुभयो ।
कर्णालीमा सङ्क्रमित १९ सय बढी, डिस्चार्ज १७ सय बढी
कर्णाली प्रदेशमा जेठ ५ गतेदेखि कोरोना सङ्क्रमण देखिएको हो । साउन १७ गते शनिवारसम्म कर्णालीमा एक हजार नौ सय बढी सङ्क्रमित देखिएका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रवारसम्म कर्णालीमा एक हजार नौ सय ३९ जनामा सङ्क्रमण देखिएको छभने एक हजार ७२२ जना डिस्चार्ज भएका छन् । अव कर्णालीमा २११ जनामात्रै सक्रिय बिरामी छन् ।
चार जिल्लामा सङ्क्रमित शुन्य
कर्णालीका चार जिल्लामा कोरोना सङ्क्रमितको संख्या शुन्य रहेको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा सङ्क्रमितको संख्या शुन्य रहेको छ । अव मुगुमा एक जना, सल्यानमा नौ जना, कालीकोटमा १२ जना, सुर्खेतमा ३६ र दैलेखमा १२७ जना आइसोलेशनमा रहेका छन् । कोरोनाबाट कर्णालीमा हालसम्म ६ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap