२९ बैशाख २०८१, शनिबार

उद्योग बाणिज्य संघको बैठक स्थगित भएकाेमा अापत्तिः अविलम्ब बोलाउन माग

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
उद्योग बाणिज्य संघको बैठक स्थगित भएकाेमा अापत्तिः अविलम्ब बोलाउन माग
18 Shares

सुर्खेत ।
सुर्खेत उद्योग बाणिज्य संघको सोमवार बस्ने भनिएको बैठक हठात स्थगित गरिएका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतसहित आठ जना अन्य सदस्यहरुले आपत्ति जनाएका छन् । उनीहरुले सोमवार संयुक्तरुपमा हस्ताक्षर गरिएको सूचना जारी गरी स्थगित गरिएको बैठकप्रति आपत्ति जनाउँदै अविलम्ब बैठक आव्हानको मागसमेत गरेका छन् ।
संघको सोमवार बस्ने नियमित बैठक विशेष कारणबस स्थगित भएको भनिएतापनि कुनै कारण नखुलाई स्थगित गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् । अहिले संघमा महत्वपूर्ण विषयमा अनिवार्य छलफल गर्नुपर्ने भएको हुँदा अविलम्ब बैठक आव्हानको माग गरिएको छ । साथै बैठकमा चार वटा एजेण्डामा छलफल गर्नुपर्नेपनि भनिएको छ ।
कर्णाली एक्स्पोको आयव्यय सार्वजनिक, उद्योग बाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी सिफारिस सम्वन्धमा, महासंघको कर्णाली प्रदेश निर्वाचनको उम्मेदवारी सिफारिस सम्वन्धमा र महासंघको ५४ औं साधारणसभामा मुख्य प्रतिनिधि, प्रतिनिधि र पर्यवेक्षक पठाउने सम्वन्धको एजेण्डाहरु बैठकमा छलफल गर्नुपर्ने भएकोले संघको विधानको परिच्छेद नं. ४ को १४ ग बमोजिम बैठक आव्हानको माग गरिएको छ ।
यसरी बैठक माग गर्नेहरुमा संघका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतसहित सदस्यहरु रामबहादुर गौतम, सिंहराज बम ठकुरी, हरिकुमार श्रेष्ठ, प्रेमबहादुर रावत, तेजप्रसाद तिवारी, सिया कार्की प्रधान र टिकाकुमारी कँडेल रहेका छन् । उनीहरुले बैठक आव्हानको बोधार्थ जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय समिति र महासंघ कर्णाली प्रदेशलाई दिएका छन् ।
उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतले संघको नियमित बैठक हरेक महिनाको दोस्रो सोमवार बस्ने गरेकोमा यसपटक कुनै सल्लाह नै नगरी अध्यक्षले एकलौटीरुपमा बैठक स्थगित गरेको बताए । अर्को बैठक कहिले बस्ने भन्ने कुनै टुंगो नलागेको र विभिन्न महत्वपूर्ण एजेण्डामा छलफल गर्नुपर्ने भएकोले छिटो बैठक बस्नुपर्ने उनको भनाइ छ ।
यता संघले भने वैठक आव्हानको एक साताभित्र बैठक बस्ने जनाएको छ । संघका अध्यक्ष धनबहादुर रावतले अवको एक साताभित्र बैठक बस्ने जनाएका छन् । उनले उद्योग बाणिज्य महासंघको निर्वाचनका लागि आकांक्षीहरु धेरै भएकोले सहमति बनाउनका लागि बैठक केही दिन ढिलो सारिएको बताए । उनले महासंघका उम्मेदवारका आकांक्षीहरुलाई सवैलाई राखेर निर्णय गराउन सकिन्छ भन्ने प्रयासमा रहेकोले अवको एक हप्ताभित्र बैठक बस्ने दावी गरे ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap