३० बैशाख २०८१, आईतवार

चार महिनामा कर्णालीमा प्राकृतिक विपत्तिबाट २५ जनाको मृत्यु, ६६ करोड बढी धनजनको क्षति

कर्णाली प्रदेश मुख्य समाचार समाचार
चार महिनामा कर्णालीमा प्राकृतिक विपत्तिबाट २५ जनाको मृत्यु, ६६ करोड बढी धनजनको क्षति
0 Shares

सुर्खेत ।

वैशाख महिना यता कर्णालीका प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपत्तिबाट २५ जनाकोम मृत्यु भएको छभने ६६ करोड बढी धनजनको क्षति भएको छ । विपत्तिबाट सवैभन्दा धेरै जाजरकोटमा १३ जनाको मृत्यु भएको छ ।
यस्तै सल्यानका चार जना, रुकुमपश्चिमका चार जना, सुर्खेतका दुई जना तथा कालिकोटका दुई जना मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै सो अवधिमा २३ जना घाइते भएका छन् ।
यस्तै प्रदेशको १० वटा जिल्ला मध्ये ९ वटा जिल्लामा चार महिनाको अवधिमा ६६ करोड ५५ लाख ३७ हजार ९० रुपियाँ बराबरको क्षति भएको भएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएनुसार सबैभन्दा बढी जाजरकोटमा ५० लाख बराबरको क्षति भएको छ । यस्तै, डोल्पामा ४६ लाख २० हजार बराबरको धनजनको क्षति भएको उल्लेख छ । मुगुमा ४४ लाख ५७ हजार, हुम्लामा ३६ लाख ८४ हजार, कालिकोटमा ३५ लाख ६९ हजार, दैलेखमा २९ लाख ६४ हजार रुपियाँ बराबरको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै रुकुम पश्चिममा १० लाख ४५ हजार प्रदेशको राजधानी सुर्खेतमा भने यस अवधिमा ९ लाख बराबरको धनजनको क्षति भएको कार्यालयले जनाएको छ । सल्यानमा दुई लाख बराबरको क्षति भएको छ । कर्णालीका १० वटा जिल्ला मध्ये जुम्लामा भने कुनै धनजनको क्षति नभएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यसअवधिमा कर्णालीका विभिन्न जिल्लाका २८४ वटा घरमा क्षति पुगेको छभने यस अवधिमा २५ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । ५९ पशुचौपायाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चार वेपत्ता भएका छन् । २५ वटा सडक अवरुद्ध भएका जनाइएको छ ।
विभिन्न प्राकृतिक विपत्तिका कारण यतिको धनजनको क्षति भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बाँस्तोलाले बताउनुभयो । प्रदेशमा भएको धनजनको क्षतिमा गत आर्थिक वर्षको तुलनामा कम भएको उहाँको भनाइ छ । तर यही रफ्तारमा बर्षात भएमा प्रदेशमा यसको संख्यामा वृद्धि हुन सक्ने उहाँले आशंका गर्नुभयो । साउनको पहिलो साता भर्खर गएको छभने भदौ महिना बाँकी छ । अझ साढे एक महिना बाँकी रहेकोले बाढीपहिरोबाट क्षति बढ्न सक्छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap