६ जेष्ठ २०८१, आईतवार

सुर्खेतमा सैपाल ग्यास

अर्थ प्रदेश समाचार
सुर्खेतमा सैपाल ग्यास
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सैपाल ग्यासको विक्रीवितरण सुरु गरिएको छ । गोदावरी नगरपालिका वडा नं. १ कैलालीमा मुख्य उद्योग रहेको सैपाल ग्यासले पहिलो पटक सुर्खेतमा विक्रीवितरण सुरु गरेको हो ।
सुर्खेतका लागि आधिकारिक विक्रेता सगरमाथा जनरल स्टोरले सुर्खेतमा सैपाल ग्यासको विक्रीवितरण गरेको हो । सैपाल ग्याससहित सुर्खेतमा अव पाँच वटा ग्यासको कारोबार भएको सगरमाथा जनरल स्टोरका संचालक चन्द्रनारायण साहले बताए । यसअघि सुर्खेतमा भेरी, मनकामना, रेडियन्ट र राप्ती ग्यासले कारोबार गरिरहेका छन् । सुर्खेतमा मासिक करिव ३० हजार सिडिलण्डर ग्यास खपत हुने अनुमान छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap