२९ बैशाख २०८१, शनिबार

शिकार खेल्न गएका रानाको चार महिनापछि कंकाल फेला

कर्णाली प्रदेश मुख्य समाचार समाचार
शिकार खेल्न गएका रानाको चार महिनापछि कंकाल फेला
0 Shares

सुर्खेत ।
चार महिना अघि बर्दियाको निकुञ्जबाट वेपत्ता भएका भनिएका सुर्खेतका एक व्यक्तिको कंकाल फेला परेको छ । बराहताल गाउँपालिका वडा नं. १ समशेलीका करिव ३१ बर्षीय शिवराम राना गत फागुन १० गते शिकार खेल्न गएको बेला वेपत्ता भएको प्रहरीमा उजुरी परेको थियो । चार महिनापछि असार १६ गते सुर्खेत प्रहरीले रानाको हात, खुट्टा र टाउकाको हड्डीसहित उनले लगाउने लुगा, झोला, एक थान बन्दुक, हँसिया, खुकुरीसहित केही सामग्री फेला पारेको थियो ।
आइतवार सुर्खेत प्रहरीले रानाको कंकाल तथा लताकपडा सार्वजनिक गर्दै वेपत्ता भएको उजुरी परेको चार महिनापछि कंकाल फेला पारिएको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मृतक रानाका श्रीमती मनरुपा रानाले आफ्नो श्रीमान शिवराम राना हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास जारी राखेको र असार १६ गते प्रहरी निरीक्षण गोपाल रायमाझीको कमाण्डमा गएको टोलीले बर्दियाको ठाकुरद्वारा नगरपालिका १ पाँडेखोलामा रानाको कंकाल र लताकपडा फेला पारेको बताए । लताकपडाका आधारमा मृतकका श्रीमती र बाबुले शिवराम भएको सनाखत गरेको उनले जनाए ।
शिवरामसँगै शिकार खेल्न अन्य दुई जना सोही स्थानका यामबहादुर समशेली र सूर्यबहादुर वली गएका थिए । रानाका रानाको कंकाल फेला परेपछि उनको श्रीमती मनरुपाले यामबहादुर र सूर्यबहादुरविरुद्ध कर्तव्य ज्यानको उजुरी दिएको एसपी भट्टले जानकारी दिए । उजुरीपछि उनीहरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइ विस्तृत अनुसन्धान थालेको छ । एसपी भट्टका अनुसार प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका छन् । तर रानाका श्रीमती मनरुपाले भने यामबहादुर र सूर्यबहादुरले कर्तव्य ज्यान गरेर मारेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक गोपाल रायमाझीले रानाको हाड तथा कपडाहरु निकुञ्जको भिरालो झाडीमा फेला परेको बताए । उनले लताकपडा, चप्पल, झोला र हाड केही दुरीमा फेला परेको भन्दै जानकारी दिए । एसपी भट्टले किटानी जाहेरी दिएकाहरुलाई नियन्त्रणमा लिइ घटनाको विस्तृत अनुसन्धान थालिसकिएको बताए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap