२९ बैशाख २०८१, शनिबार

वीरेन्द्रनगर नगरपालिकाविरुद्ध दलित समुदाय

कर्णाली प्रदेश मुख्य समाचार समाचार
वीरेन्द्रनगर नगरपालिकाविरुद्ध दलित समुदाय
0 Shares

सुर्खेत ।
गत असार १७ गते वीरेन्द्रनगर नगरपालिकाले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा संचालन कार्यविधि २०७६ बमोजिम नगरपालिका अन्तर्गतका विद्यालयहरुका लागि विद्यालय नर्स (स्टाफ नर्स) पदको २० पदमा पदपूर्ति सूचना प्रकाशित ग¥यो । तोकिएको अवधिभित्र १२६ जनाले आवेदन दिए । असार २४ गते कूल आवेदकमध्ये ४३ जनाको नाम छोटो सूचीमा प्रकाशित भयो । असार २६ र २७ गते को अन्तरवार्तामा ४२ जना सहभागी भए ।
असार २७ गते नै नगरपालिकाले छोटो सूची र अन्तर्वार्तामा कूल प्राप्तांकको आधारमा २० जनाको उम्मेदवारहरु छनौट गरी नतिजा प्रकाशन ग¥योभने अन्य २० जनालाई वैकल्पिकमा राखिएको थियो । विद्यालय नर्समा छनौट भएका २० जना सवै गैरदलित छन् । अन्तर्वातामा चार जना दलित उम्मेदवारहरु सहभागी थिए । उनीहरु सवैलाई बैकल्पिकमा राखिएको छ । २० जनामा एक जना पनि दलित समुदायको नभएको भन्दै अहिले वीरेन्द्रनगर नगरपालिकाका विरुद्धका यहाँका दलित अगुवाहरु संघर्षमा उत्रिएका छन् ।
छोटो सूचीमा छनौट भएका ४३ जनामा दलित समुदायका चार जना रहेको र उनीहरु कोहीपनि विद्यालय नर्स पदमा छनौटमा नपारिएपछि दलित अगुवाहरुले स्थानीय तहले दलितप्रति विभेद गरेको आरोप लगाएका छन् । वीरेन्द्रनगर नगरपालिकामा करिव १९ प्रतिशत दलितहरुको बसोबास छ । उनीहरुले पदपूर्ति समितिले नै अन्तर्वातामा विभेद गरेको आरोप लगाउँदै संविधानमा उल्लेख भएको समानुपातिक समावेशी सिद्धान्तलाई वेवास्ता गरेको टिप्पणी गरेका छन् । उनीहरूले नगरपालिकाकाे उक्त बिज्ञापन असमावेशी भएकाे भन्दै खारेज गर्न पनि माग गरेका छन् ।
दलित अगुवा डम्मरबहादुर नेपालीले अन्तर्वार्तामा उपस्थित दलित समुदायका चारै जनालाई नगरपालिकाले नियतबस नै छनौटमा नपरेको आरोप लगाउनुभयो । संविधानको समानुपातिक समावेशिताको सिद्धान्तको उपेक्षा नगरपालिकाले गरेको भन्दै उहाँले नगरपालिकाको उक्त कदमविरुद्ध सशक्त संघर्षमा उत्रिएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाले गरेको विभेदका विरुद्ध कानुनी उपचार खोजिने जानकारी दिदैं जागीर खाने सवालभन्दा पनि संविधानले दिएको अधिकार पाउनुपर्ने बताउनुभयो ।
यस्तै अर्का दलित अगुवा सन्जुसिंह विश्वकर्माले समावेशी सिद्धान्त अनुसार नगरपालिकाले पहिलेको विज्ञापन रद्द गरेर पुनः विज्ञापन गर्न माग गर्नुभयो । कार्यविधिका नाउँमा जे गरे पनि हुन्छ भन्दै उहाँले नगरपालिकालाई समावेशी समानुपातिक सिद्धान्तलाई आत्मसात गर्न आग्रह गर्नुभयो ।
यसैगरी बसन्त विश्वकर्मा र भीमबहादुर शाही परियारले गणतन्त्रमा पनि दलितहरुलाई गरिने विभेद नहटेको बताउनुभयो । उहाँहरुले संविधानले दिएको अधिकार राज्यले नै कटौती गरेको भन्दै समावेशी समानुपातिक सिद्धान्तलाई कार्यान्वयन गर्न माग गर्नुभयो ।
नगरपालिकाविरुद्ध संघर्ष
विद्यालय नर्स पदमा कोहीपनि दलित उम्मेदवार छनौट नभएपछि डम्मरबहादुर नेपालीको संयोजकत्वमा समानुपातिक समावेशी कार्यान्वयन संघर्ष समिति गठन गरिएको छ । सो समितिले नगरपालिकाको उक्त कदमका विरुद्ध शुक्रवार पत्रकार सम्मेलन गरी यही साउन ७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । साउन ३ गते शनिवार वीरेन्द्रचोकमा कोणसभा, साउन ४ गते आइतवार नगरपालिकाको कार्यालयमा धर्ना, साउन ५ गते सोमवार सिट्टी ¥याली, साउन ६ गते मंगलवार नगरपालिकामा ¥यालीसहित प्रदर्शन र साउन ७ गते बुधवार नगरपालिकाको कार्यालयमा तालावन्दी गर्ने कार्यक्रम समितिले सार्वजनिक गरेको छ ।
के के छन् माग ?
संघर्ष समितिले नगरपालिकासमक्षम ४ बुँदे माग राखेको छ । तत्काल असमावेशी विज्ञापनको नतिजालाई रद्द गरी लोक सेवा आयोगको नियम अनुसार र निजामति सेवा ऐन रहेर करार नियुक्ति पुनः प्रक्रिया अगाडि बढाउनुपर्ने, तत्काल समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा कर्मचारी ऐन बनाउनुपर्ने, आगामी दिनमा कर्मचारी व्यवस्थापन गर्दा समानुपातिक सवमोशी र सहभागितामूलक सिद्धान्तका आधारमा गर्नुपर्ने र विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा संचालन कार्यविधि २०७६ लाई समानुपातिक समावेशी तथा लोक सेवा आयोगको निजामति कर्मचारी ऐन अनुसार बनाउनका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने माग राखिएको छ ।
छनौट प्रक्रिया निष्पक्षः नगरपालिका
यता वीरेन्द्रनगर नगरपालिकाले उम्मेदवारहरुको छनौट प्रक्रिया निष्पक्ष भएको दावी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले कार्यविधि अनुसार उम्मेदवारहरुले प्राप्त गर्ने अंकको गणना प्रक्रिया स्पष्ट भएको र स्पष्ट नभएका विषयको सम्वन्धमा नगरापालिकाको असार १३ र २४ गतेको निर्णय बमोजिम तोकिएको जिम्मेवारी अनुसारको काम निष्पक्ष भएको दावी गर्नुभएको छ । साथै छनौटको विधि, प्रक्रियामा शंका भएमा नगरपालिकाबाट स्पष्ट जानकारी लिन सकिने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap