२१ बैशाख २०८१, शुक्रबार

कोरोनाको लडाईबाट नथाक्न मुख्यमन्त्री शाहीकाे निर्देशन

कर्णाली मुख्य समाचार समाचार
कोरोनाको लडाईबाट नथाक्न मुख्यमन्त्री शाहीकाे निर्देशन
0 Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिनुभएको छ । सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बाेधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साहपुर्वक उत्रनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री शाहीले भारतवाट प्रदेश भित्रिने चाप घटदोक्रममा रहेको बताउँदै अव समुदाय स्तरमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । कोरोनाको अति प्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने बताउँदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि परिक्षणमा जोड दिनुभयो ।

सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझैपनि प्रभावकारी बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले सुरक्षा मापदण्डलाई कडाई पूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभयाे । उहाँले परिक्षणमा निकै ढीलासुस्ती भएको बताउँदै परिक्षण कार्यलाई तिव्र बनाउनुपर्नेमा जोड दिनुभयो । परिक्षणकोलागि नमुना संकलन गरेको १ महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेको बताउँदै मुख्यमन्त्री शाहीले कारण देखाएर पन्छिन नमिल्ने बताउनुभयो ।

प्रदेश अस्पतालमा रहेको पिसिआर मेशिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन गर्दै मुख्यमन्त्री शाहीले मेशिन विग्रियो भनेर बस्ने होईन विकल्पको खोजी गर्नुपर्नेमा जोड गर्नुभयो । उहाँले भारतवाट आउनेहरुको संख्या घटदै गएकोले जिल्ला स्तरवाटै व्यवस्थापन गर्न सकिने वताउदै क्वारेन्टाईनलाई अव जिल्ला स्तरमा केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री  शाहीले क्वारेन्टाईनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताउनुभयो । जिल्ला विपद व्यवस्थापन केन्द्रको सिफारिशमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै लगिने उहाँले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap