२१ बैशाख २०८१, शुक्रबार

लाटीकोइलीमा मनाइयो धान दिवस

कर्णाली कृषि / पर्यटन समाचार
लाटीकोइलीमा मनाइयो धान दिवस
0 Shares

सुर्खेत । “धान उत्पादन बृद्धि, आत्मनिर्भरता र समृद्धि” भन्ने मुल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस साेमवार वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले मनाएको छ । वडाको जब्दी भन्ने स्थानमा वडाले १ विघाह जग्गा भाडामा लिएर आज धान दिवसको अवसर पारेर खेती कार्यक्रम शुरु गरेको हो ।

१७ औं धान दिवसको शुभारम्भ गर्दै ९ नं वडाका वडा अध्यक्ष सुरेश मानन्धरले कोरोना भाइरसको महामारीले रोग र भोकले सताएको अवस्थामा कृषक दाजुभाइलाई हौसला प्रदान गर्नकालागि कार्यक्रमको शुरुवात गरेको बताउनुभयो ।

“हामीले अहिले महिला तथा यूवाहरुको समूह बनाएर १ विघाह जग्गा भाडामा लिएर सामूहिक खेती कार्यक्रम शुरु गरेका छौ यस्मा सम्पूर्ण वडाबासी राजनैतिक दलहरुलाई सहयोग गर्न अनुरोध गर्दछु ।” अध्यक्ष मानन्धरले भन्नुभयो ।

९  नं. वडामा रहेका टोल विकास संस्थाका अध्यक्षहरु, वडा सदस्य टिका विक, समाजसेवी एकदेव गिरी एवं कृषक थिरबहादुर कार्की लगाएत सहभागि कार्यक्रमको वडा सचिव देवप्रसाद मुलेलले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap