२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा काेराेना निकाे हुने दर बढ्दैः झण्डै एक हजार जना कोरोनामुक्त

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा काेराेना निकाे हुने दर बढ्दैः झण्डै एक हजार जना कोरोनामुक्त
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा निको हुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । शनिवारसम्म करिव एक हजार जना कोरोना मुक्त भएर घर फिर्ता भएका छन् । गत जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमण सुरु भएको थियोभने जेठ २३ गतेदेखि निको भएकाहरु घर फर्कन थालेका थिए ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिवारसम्म रोगबाट निको भएर घर फर्कनेहरुको संख्या ९३४ पुगेको छ । रोगबाट निको हुनेको संख्या पनि दिनदिने बढेको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शनिवार मात्रै २१४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । दैलेखको नौमुले आइसोलेशनबाट १३२ जना, दैलेखकै डुँगेश्वर आइसोलेशनबाट ६३ जना, दैलेख अस्पतालबाट नौ जना, सुर्खेतका विभिन्न आइसोलेशनबाट आठ जना र रुकुम पश्चिम अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।
थप सात संक्रमित
यसैगरी कर्णालीमा शनिवार थप सात जना कोरोना सङ्क्रमिति थप भएका छन् । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा सात जनामा कोरोना सङ्क्रमण भएको हो । सङ्क्रमित सातै जना सुर्खेत जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सात जनामा १५ महिने शिशुदेखि ४७ बर्ष उमेरसम्मका छन् । ती सवै पञ्चपुरी नगरपालिकाभित्रका हुन् । थप सात जनासहित कर्णालीमा कूल कोरोना सङ्क्रमितको संख्या एक हजार ४४० पुगेको छ ।
कर्णालीमा सवैभन्दा धेरै दैलेखमा सङ्क्रमित रहेका छन् । दैलेखमा ७६० जना, सुर्खेतमा ३४७ जना, सल्यानमा १७७ जना र कालीकोटमा ४७ जनामा कोरोना सङ्क्रमित रहेका छन् । जुम्लामा ३०, जाजरकोटमा १३, मुगुमा तीन, हुम्लामा दुई र डोल्पा तथा पश्चिम रुकुममा एक÷एक जना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ । अन्य प्रदेशका ५९ जना छन् । कोरोनाबाट कर्णालीमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । दैलेखका तीन, सुर्खेतका दुई र डोल्पाका एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

फोटो क्याप्सनः

Leave a Reply

Share via
Copy link
Powered by Social Snap