२० बैशाख २०८१, बिहीबार

कर्णालीमा १४३३ जना कोरोना संक्रमित, ७२० जना निको

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा १४३३ जना कोरोना संक्रमित, ७२० जना निको
6 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय नाघेको छ । शुक्रवार मात्रै नयाँ २६ जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले शुक्रवार जारी गरेको सूचना अनुसार दैलेखमा ५ जना, सुर्खेतमा १३ जना, जाजरकोटमा ३ जना, जुम्लामा १ जना, सल्यानमा ३ जना, मुगुमा १ जना, काठमाडौँमा १ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७६० पुगेको छभने सुर्खेतमा ३४० पुगेको छ । त्यसपछि सल्यानमा १७७, कालीकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, मुगुमा ३, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममाभने एक÷एक जना संक्रमित फेला परेका छन् ।

७२० जना निको भएर फर्किए

हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ७२० पुगेको छ । शुक्रवार दैलेख नारायण अस्पताल आइसोलेसन सेन्टरबाट ९ जना, सिम्ता आइसोलेसन सेन्टरबाट १ जना, चिङ्गाड आइसोलेसन सेन्टरबाट ११ जना, मेहेलकुना अस्पतालबाट ७ जना गरी कूल २८ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या १३०३ र महिलाको संख्या १३० जना रहेका छन् ।

यो सहित अहिलेसम्म कूल ७२० जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap