१६ बैशाख २०८१, आईतवार

कर्णाली प्रदेशमा १२ सय ३३ कोरोना सङ्क्रमित, ५०८ निकाे

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णाली प्रदेशमा १२ सय ३३ कोरोना सङ्क्रमित, ५०८ निकाे
0 Shares

सुर्खेत । कर्णाली प्रदेशका दैलेख, जाजरकोट र सुर्खेतमा गरी शुक्रवार ९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखमा २, जाजरकोट १ र सुर्खेतमा ६ जना सङ्क्रमित थपिएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ सय ३३ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।
दैलेख भैरवी गाउँपालिका १४ र १७ वर्षका पुरुष रहेका छन् । त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका ४ का ३८ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छभने सुर्खेत भेरीगंगा नगरपालिका १ का १८ र २६ वर्षका पुरुष, भेरीगंगा नगरपालिका २ का ४८ वर्षका पुरुष, भेरीगंंगा नगरपालिका ६ का २५ वर्षका पुरुष, भेरीगंगा नगरपालिका ८ का २१ वर्षका पुरुष र भेरीगंगा नगरपालिका ११ का ३६ वर्षका महिलामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७२४ पुगेको छभने सुर्खेतमा २७७ पुगेको छ । सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा नौ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित फेला परका छैनन् ।

त्यसैगरी शुक्रवार नै मेहेलकुना अस्पतालबाट १ जना, कालिकोट आइसोलेसनबाट २ जना गरी कुल ३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ सय ८ पुगेको छ । यद्यपी कर्णालीमा ४ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap