२१ बैशाख २०८१, शुक्रबार

नेपाल प्रेस यूनियनद्धारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

कर्णाली प्रदेश समाचार
नेपाल प्रेस यूनियनद्धारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
0 Shares

सुर्खेत । नेपाल प्रेस यूनियनमा आवद्ध पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

दैलेख, जुम्ला, कालीकोट र मुगुका नेपाल प्रेस  यूनियनमा आवद्ध पत्रकारहरुलाई बुधबार र विहीबार ती सामग्रीहरु वितरण गरिएको हो । प्रेस यूनियनका सल्लाकार शिव लम्सालको पहलमा संकलित र प्रेस यूनियान सुर्खेत शाखाको पहलमा थप सामग्रीहरु सम्बन्धित जिल्लामा पुगेर वितरण गरिएको हो ।

प्रेस यूनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराई, सुर्खेत शाखाका अध्यक्ष नरेशसिंह थापा, पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष मोतिलाल पौडेलले यी सामग्रीहरु वितरण गरेका हुन ।

पत्रकारहरुलाई माक्स सेनिटाइजर र प्रेस ज्याकेट उपलब्ध गराइएको छ । कोरोना रोकथाममा पत्रकारहरुलाई सुरक्षित भएर रिपोर्टिङ्ग गर्नका लागि सहज होस् भन्ने उद्देश्यले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरिएको हो ।

यसैबीच सुर्खेतदेखि जुम्लासम्मका सडक सुरक्षामा खटिएका करिब एक दर्जन प्रहरी चेक पोष्टमा रहेका प्रहरीलाई प्रेस यूनियन सुर्खेत शाखाको पहलमा माक्स र सेनिटाइजर विरतण गरिएको छ । सडक सुरक्षामा खटिएका प्रहरीहरुलाई पनि कोरोनाको जोखिमबाट बच्नका लागि सो समाग्री वितरण गरिएको प्रेस यूनियन सुर्खेत शाखाका अध्यक्ष नरेशसिं थापाले बताए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap