१७ बैशाख २०८१, सोमबार

सुर्खेतमा संक्रमित २ सय नाघे

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेतमा संक्रमित २ सय नाघे
32 Shares

सुर्खेत ।
सुर्खेतमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । सामाजिक विकास मन्त्रालयले आइतवार दिउँसो जारी गरेको सूचनामा ५२ जना नयाँ कोरोना संक्रमित फेला पर्दा सुर्खेतको मात्रै २०० नाघेको हो । मन्त्रालयका अनुसार आइतवार मात्रै सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा ५० र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ गरी नयाँ ५२ जना संक्रमित थपिएका छन् । नयाँ थपिएसँगै कर्णालीमा संक्रमितको कूल संख्या ९६७ पुगेको छ ।
आइतवार नयाँ थप भएका ५२ जनामध्ये सुर्खेतका मात्रै १५ जना छन् । यस्तै दैलेखका ३७ जना छन् । सुर्खेतमा कूल संक्रमितको संख्या २१२ पुगेको छभने दैलेखमा कूल संक्रमितको संख्या ५३८ पुगेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका एक,गुर्भाकोट नगरपालिकाका आठ, पंचपुरी नगरपालिकाको पाँच र लेकबेसी नगरपालिकाको एक गरी आइतवार १५ जना थपिएको मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाउनुभयो । उहाँका अनुसार संक्रमण भएकाहरु सवै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
तीन घर फर्किए
यसैगरी आइतवार तीन जना कोरोना उपचारपछि घर फर्किएका छन् । दैलेखबाट दुई तथा जुम्लामा एक जना गरी तीन जना उपचारपछि घर फर्किएका छन् । कर्णालीमा कोरोना उपचारपछि घर फर्कनेको संख्या ९४ पुगेको छभने कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap