२३ बैशाख २०८१, आईतवार

क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु

प्रदेश मुख्य समाचार समाचार
क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु
0 Shares

सुर्खेत ।
पश्चिम सुर्खेतको एक क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा १, हाँसेगाउँका २० वर्षीय युवकको बिहीबार बिहान मृत्यु भएको हो । उनी जेठ ७ गते भारतबाट फर्किएर पंचपुरी नगरपालिका वडा नं. ९ विद्यापुरको जनता मावि क्वारेन्टाइनमा बसेका थिए ।
बुधबार गरिएको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीसहित अन्य पाँच जना घर गएका थिए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बुधबार दिउँसो ३ बजे उनीहरू क्वारेन्टाइनबाट घर हिडेको बताए । प्रमुख थापाले ती युवकलाई घर गइसकेपछि परिवारबाट टाढा रहेर एक हप्ता होम क्वारेन्टाइनमा सुरक्षित भएर बस्न सुझाव दिइएको जनाए । उनीहरुले घर नपुगी नजिकै रहेको सामुदायिक भवनमा बस्ने गरी राती ११ बजे पुगेका थिए ।
बिहीवार विहान करिव २ बजे तिर मृत्यु भएको अनुमान गरिएको छ । खाना खाएर सुतेपछि घाँटी घ्यारघ्यार गरेको र त्यसलगत्तै मृत्यु भएको सँगै गएका साथीहरुले भनेको बताइन्छ । वडा नं. १ का वडाध्यक्ष धनबहादुर थापाले मृतक युवकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनको तयारी भइरहेको बताए । उनका अनुसार पिसीआर रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको होभनेर खुल्नेछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap