२० बैशाख २०८१, बिहीबार

४ महिने शिशुसहित कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
४ महिने शिशुसहित कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
0 Shares

सुर्खेत
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको सख्या २७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा दैलेखका ७ जना, कालिकोटका ७ जना, र सल्यानका २ जनामा पोजेटिभ देखा परेको हो । थप संक्रमितहरु हुनेहरुमा दैलेखको नौमुले गाउँपालिका वडा नं. ८ का एक जना, नारायण नगरपालिका वडा नं. २ का ५ जना र दुल्लु नगरपालिका वडा नं. २ का एक जना रहेको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । त्यस्तै कालीकोटका महावै गाउँपालकिा वडा नं. २ का एक जना, तिलागुफा नगरपालिका वडा नं. २ का एक जना, पलाँता गाउँपालिका वडा नं. ७ का एक जना, महावै गाउँपालिका वडा नं. ४ का ४ महिने बालकसहित २ जना, शुभकालिका गाउँपालिका वडा नं. ३ का एक जना र सान्नित्रिवेणी गाउँपालिका वडा नं. २ का एक जना रहेका छन् ।
त्यसैगरी सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ का २ जना रहेका छन् । हाल कर्णालीमा ५९३ आइसोलेसन बेड तयारी अबस्थामा रहेका छन्भने हाल २ सय ६१ जना आइसोलेसनमा रहेको समेत उहाँले बताउनुयो । पछिल्लो तथ्याङ्क अनुसार हाल कर्णालीमा ७ हजार ३२४ जनाको आरटिआर विधिद्धारा परीक्षण भएकोमा २७८ जनामा पोजेटिभ आएको छ । ६ हजार ९ सय ८५ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।
कूल संक्रमित २३ सय
देशभर कोरोना संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । बुधवार मात्रै देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २०१ जना थप भएपछि कूल संख्या २ हजार ३०० पुगेको हो ।
मृतकको संख्या नौ
यसैवीच कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधवार दोलखाका ७६ बर्षीय पुरुषको निधन भएपछि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको हो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap