१० बैशाख २०८२, बुधबार

कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी बर्सेनि बढ्दै

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी बर्सेनि बढ्दै
0 Shares

सुर्खेत ।

कर्णालीमा कुष्ठरोगका नयाँ बिरामीहरुको संख्या बर्सेनि बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोग मुक्त नेपाल बनाउने लक्ष्यमा चुनौती देखिएको छ । कर्णालीमा बिगत पाँच वर्षमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने दर बढ्दै गएपछि यो चुनौती देखिएको हो । आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म कुष्ठरोगका नयाँ बिरामीहरु बढिरहेका छन् ।

७२ औं बिश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आर्थिक वर्ष २०७६÷७७ मा कुष्ठरोगका ५५ जना नयाँ बिरामी पत्ता लागेको जनाएको छ । त्यसपछि आव २०७७÷७८ मा ६७ जना, आव २०७८÷०७९ मा ६८ जना, २०७९÷८० मा ७३ जना र आव २०८०÷८१ मा ८० जना कुष्ठरोगका नयाँ बिरामीहरु फेला परेका छन् । निर्देशनालयका क्षय—कुष्ठ अधिकृत पदम केसीले बर्सेनि कुष्ठरोगका नयाँ बिरामीहरु पत्ता लाग्ने संख्या बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोग मुक्त बनाउने सरकारको लक्ष्यमा चुनौती थपिएको बताउनुभयो ।
यसैगरी उपचारमा रहेका कुष्ठरोगका बिरामीको संख्या पनि बढेको छ । आव २०७६÷०७७ मा ६८ जना उपचाररत रहेकोमा आव २०७७÷०७८ मा ७७ जना, आव २०७८÷०७९ मा ८४ जना, आव २०७९÷८० मा ९२ जना र आव २०८०÷०८१ मा १०२ जना कुष्ठरोगका बिरामीहरु उपचारमा रहेका छन् । यस्तै उपचार पूरा गरी निको भएका बिरामीको संख्या पनि बढेको छ । आव २०७६÷७७ मा ७१ जना, आव २०७७÷०७८ मा ६४ जना, आव २०७८÷०७९ मा ६८ जना, आव २०७९÷८० मा ६९ जना र आव २०८१÷०८१ मा ७६ जना कुष्ठरोगका बिरामीहरु उपचार पूरा गरी निको भइ गएको निर्देशनालयका क्षय—कुष्ठ अधिकृत केसीले बताउनुभयो ।
कर्णालीमा सवैभन्दा धेरै कुष्ठरोगका नयाँ बिरामी सुर्खेतमा पत्ता लागेको छ । सुर्खेतमा २२ जना, सल्यान र जाजरकोटमा समान नौ जना, कालीकोट र दैलेखमा ६÷६ जना, रुकुम पश्चिममा पाँच जना, जुम्ला र मुगुमा पाँच÷पाँच जना, डोल्पामा दुई जना नयाँ बिरामी फेला परेका छन् । हुम्लामा भने नयाँ बिरामी फेला नपरेको जनाइएको ÷पाँच जना, डोल्पामा दुई जना नयाँ बिरामी फेला परेका छन् । हुम्लामा भने नयाँ बिरामी फेला नपरेको जनाइएको छ ।
उहाँले कुष्ठरोगप्रति समाजमा अझैपनि नकारात्मक धारणा हावी भएकोले जनचेतनाका माध्यमबाट भेदभावव र लाञ्छना हटाउन जरुरी रहेको बताउनुभयो । अबको पाँच वर्षभित्र नेपाललाई कुष्ठरोग मुक्त बनाउने अभियान चुनौतीपूर्ण रहेको हुँदा सवैको सहकार्यले सम्भव बनाउनुपर्ने उहाँको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले कुष्ठरोग मुक्त गर्ने अभियानमा हातेमालो गर्न सवैसँग आव्हान गर्नुभयो । साथै कुष्ठरोगी र उनीहरुका परिवारलाई गर्ने भेदभाव हटाउन सचेतनाको कामलाई पनि अगाडि बढाइएको उहाँले जनाउनुभयो ।
सुर्खेतमा साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतमा कुष्ठरोगका बिरामीहरुको उपचार गर्न पाँच शय्याको अस्पताल संचालनमा छ । अहिले उक्त अस्पतालमा ६ जना कुष्ठरोगका बिरामीहरु उपचाररत छन् । साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका कार्यक्रम संयोजक ललितबहादुर सारुले कुष्ठरोग मुक्त गर्ने अभियानको अवधि कम भएको तर नयाँ बिरामीहरु फेला पर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले साइनिङ अस्पतालमा कुष्ठरोगका बिरामीहरुको निःशुल्क औषधि उपचार हुने जानकारीसमेत दिनुभयो ।
बिरामीलाई फलफूल
यसैविच ७२ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर साइनिङ अस्पतालमा उपचाररत कुष्ठरोग बिरामीलाई फलफूल वितरण गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय, साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतले उनीहरुलाई फलफूल वितरण गरेको हो ।

सो अवसरमा अमेरिकामा रहेका कमल गुरुङ र तेन्जिन डोल्कार लामाले आफ्नी एक वर्षीया छोरी तेन्जिन डोर्सेन गुरुङको जन्मदिनमा पठाएको ६ हजार रुपियाँ र त्यसमा स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ अधिकृत पदम केसीले चार हजार थप गरी कूल १० हजार रुपियाँ कुष्ठरोग कल्याण समाज कर्णाली प्रदेशका अध्यक्ष नरे कसेरालाई हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap