१३ बैशाख २०८१, बिहीबार

अपांगता भएका व्यक्तिलाई सिलाइ कटाई मेसिन

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
अपांगता भएका व्यक्तिलाई सिलाइ कटाई मेसिन
0 Shares

सुर्खेत ।

अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउन आईएनएफ सुर्खेतले सिलाई कटाई मेसिन हस्तान्तरण गरेको छ । गत पुस १५ गतेदेखि सुरु भएको सिलाई कटाई तालिमको मंगलवार समापनसहित सहभागीहरुलाई एक÷एक थान सिलाइ कटाई मेसिनलगायत अन्य उपकरण हस्तान्तरण गरेको हो ।


आईएनएफ सुर्खेतको पहुँच तथा समावेशीकरण परियोजनामार्फत १३ जनालाई सो मेसिन िदएको परियोजनाका टिम लिडर ताराबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रति व्यक्ति ४० हजार बराबरको मेसिनसहितको सामान दिइएको छ । तालिमसहित मेसिन दिएर उहाँहरुको आर्थिक उपार्जनमा सहयोग गर्ने उद्धेश्य परियोजनाको रहेको जानकारी कार्कीले दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाको सामाजिक विकास समिति संयोजक टिका घलेलले सीप र सामानको सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले सीप र सामानले आयआर्जनमा सघाउने भन्दै सहयोगका लागि संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । साइनिङ अस्पतालका प्रमुख ललित सारुले सहयोगबाट तालिममा सहभागीहरु आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा आईएनएफ सुर्खेतका नारायण पाण्डे, उदयनाथ योगीलगायतको उपस्थिति थियो । तालिममा तारा वलीले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap