१५ चैत्र २०८०, बिहीबार

दलित महिलालाई उद्यमशीलता तालिम

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
दलित महिलालाई उद्यमशीलता तालिम
0 Shares

सुर्खेत ।

दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका दलित महिलालाई उद्यमशीलता तालिम दिएको छ । तीन दिनसम्म संचालन हुने तालिममा व्यवसाय, उद्यम, उद्यमी, रकम व्यवस्थापन, नाफा नोक्सान, खरिद विक्रीको नयाँ तरिका, आम्दानी र खर्च विश्लेषण, व्यवसाय योजनाका आधारभूत कुरा र लेखा व्यवस्थापनलगायतका वारेमा प्रशिक्षण दिइनेछ ।


दलित महिला संघको दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाबाट वीरेन्द्रनगर नगरपालिकाका गठन गरिएका समूहमा आवद्ध २५ जना नयाँ र उद्यमी हुन चाहने महिलालाई सहभागी गराएको परियोजना संयोजक खगिसरा वलीले बताउनुभयो । संस्थाले अघिल्लो वर्ष पनि यस्तै तालिम दिएको थियोभने करिव २० जनाले उद्यम गरी स्वरोजगार बनेको जानकारी उहाँले दिनुभयो । तालिमको सहजीकरण उमाशंकर आचार्यले गर्नुभएको छ । यसपछि भेरीगंगा नगरपालिकाका उद्यमी हुन चाहने महिलाहरुलाई यो तालिम दिइनेछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap