१६ बैशाख २०८१, आईतवार

भूकम्प प्रतिरोधी भवन डिजाईन सम्वन्धी तालिम 

अर्थ कर्णाली प्रदेश समाचार
भूकम्प प्रतिरोधी भवन डिजाईन सम्वन्धी तालिम 
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेश तथा स्थानीय तहका इन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुलाई भूकम्प प्रतिरोधी भवन डिजाईन सम्वन्धी तालिम दिइएकाे छ ।


प्रदेश सुशासन केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको तालिममा कर्णाली प्रदेशका ६ जिल्लाका ४२ स्थानीय तह र प्रदेश मन्त्रालय तथा निर्देशनालयमा कार्यरत इन्जिनियरिङ्ग सेवाका ४७ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
७ दिन सम्म आवासीय रुपमा सञ्चालित सो तालिमको प्रमुख उद्देश्य प्रदेश तथा स्थानीय तहमा कार्यरत  इन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुको भूकम्प प्रतिरोधी भवन संचरना डिजाइन सम्बन्धी ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्नु रहेको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद उपाध्यायले बताउनुभयाे ।
कार्यक्रमको समापनमा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले तालिमबाट ईन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुको भूकम्प प्रतिरोधी भवन डिजाईन सम्वन्धी थप दक्षता अभिबृद्धि हुने विश्वास व्यक्त गर्नुभयाे । तालिम समापन समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारु, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव गणेश वस्तीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । एनसेट र इएसएस काठमाण्डाैंका प्रशिक्षकहरुले सहजीकरण गरेकाे तालिम असाेज १० गतेदेखि संचालनमा अाएकाे थियाे ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap