३१ बैशाख २०८१, सोमबार

युवाहरुलाई सीप सिकाएर सक्षम बनाउँदै ट्रेड युनियन कांग्रेस

कर्णाली प्रदेश समाचार
युवाहरुलाई सीप सिकाएर सक्षम बनाउँदै ट्रेड युनियन कांग्रेस
172 Shares

सुर्खेत ।
नेपाल ट्रेड युनियन कांग्रेस सुर्खेतले युवाहरुलाई सीप दिएर सक्षम बनाउन लागेको छ । जापान इन्टरनेशनल लेवर फाउण्डेशनको सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेस सुर्खेतका यहाँका ४० भन्दा बढी युवाहरुलाई मोटरसाइल र अटोरिक्सा मर्मत तालिम दिएर सक्षम बनाउन लागेको हो ।
गत पुस ४ गतेदेखि सुरु भएको तालिम शनिवार समापन गरिएको छ । बेरोजगारलाई सीप दिएर रोजगार बनाइ आयआर्जनमा सघाउने उद्देश्यले टे«ेड युनियन कांग्रेसले तालिम दिएको सुर्खेतका अध्यक्ष गणेशकुमार कार्कीले बताए । उनले सीप भएका जनशक्तिले सजिलै रोजगार पाउने भन्दै तालिम दिएकाहरुलाई रोजगारीको अवसर पनि जुटाउने जनाए । सीपले सक्षम बनाउने भएकोले ट्रेड युनियन कांग्रेसले सीप प्रदान गरेको उनको भनाइ छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जयबहादुर बुढाले विगतमा यस्ता तालिमको आयोजनाहरु नहुँदा चाहेर पनि अटोमोबाइल क्षेत्रमा आउन नसकेको स्मरण गर्दै युवाहरुलाई सिकेको सीपलाई रोजगारीमा लगाउन सुझाव दिए । उनले हातमा सीप भए भोकै मर्नुपर्दैन भन्दै दक्ष जनशक्तिको खोजी बजारमा सधैं रहने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीले तालिमले रोजगारी पाउन, आफूले छुट्टै व्यवसाय गर्न सघाउने जानकारी दिए । उनले सीपलाई आयमूलक कार्यमा लगाउन पनि आग्रह गरे । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले तालिम लिएपछि स्वरोजगार बन्नेतर्फ अग्रसर रहनुपर्नेमा जोड दिए । समापन कार्यक्रममा बौद्ध यातायात व्यवसायी संघका अध्यक्ष कमल गुरुङ, पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेल, टे«ेड युनियन काग्रेसका युवा परिचालन सदस्य बालकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।
एक महिनासम्म संचालन भएको तालिममा ४० जना युवाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएकाे थियाे । सहभागीलाइ सैद्धान्तिकका साथै वीरेन्द्रनगरमा रहेका मोटरसाइकल तथा अटोरिक्साका शोरुमहरुमा अभ्यास गराइएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap