२९ बैशाख २०८१, शनिबार

निषेधाज्ञाले वीरेन्द्रनगर सुनसान

कर्णाली प्रदेश मुख्य समाचार समाचार
निषेधाज्ञाले वीरेन्द्रनगर सुनसान
77 Shares

सुर्खेत ।
कोरोना भाइरस बढ्दै गएको भन्दै आज सोमवारदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर नगरपालिका सुनसान बनेको छ । वीरेन्द्रनगर बजार विहानैदेखि पूर्णरुपमा ठप्प छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षमा गत मंगलवार बसेको जिल्लास्तरीय विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमवारदेखि भदौ ५ गते शुक्रवारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

तस्विरः माेटे ग्यांग, सुर्खेत

प्रशासनले अत्यावश्यकीय क्षेत्रहरु मेडिकल, दुध, ग्यास र तरकारी बाहेक अन्य सवै क्षेत्रहरु बन्द गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा कोरोना भाइरसको संक्रमण बढिरहेकोले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो । अहिलेलाई भदौ ५ गतेसम्म निषेधाज्ञा तोकिएको र यो अवधिको परिस्थिति हेरेर थपघट गर्न सकिने बताएको छ । हिन्दु महिलाको चाड हरितालिका तीज पनि यही बेला भएकोले बढी भीडभाड हुन सक्ने र कोरोनाको जोखिम थप हुने भएकोले निषेधाज्ञा लगाउन आवश्यक ठानिएको हो ।
सोमवारको निषेधाज्ञाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललगायतको टोली वीरेन्द्रनगरका विभिन्न स्थानमा खटिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले निषेधाज्ञालाई जनस्तरबाट पूर्णरुपमा सहयोग भएको बताउनुभयो । सामान्य केही छिटफिट मानिसहरु हिंडिरहेपनि उहाँहरुलाई सम्झाइबुझाइ गरिएको उहाँको भनाइ छ ।
यस्तै आज सोमवारदेखि कर्णाली प्रदेश राजधानी भित्रिने नाका कालीमाटी काल्चे, बबई र कुइनेमा कडाई गरिएको छ । प्रदेश भित्रिनका लागि दिउँसो पिसिआर रिपोर्ट अनिवार्यरुपमा देखाउनु पर्नेछभने राती नाका पूर्णरुपमा वन्द गरिनेछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap