२२ बैशाख २०८१, शनिबार

स्व. पत्रकार डेकेन्द्रको स्मृति सभा

कर्णाली प्रदेश समाचार
स्व. पत्रकार डेकेन्द्रको स्मृति सभा
4 Shares

सुर्खेत ।

मंगलवार सुर्खेतमा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा गरिएको छ । प्रस्तावित शहीद डेकेन्द्र थापा स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो । स्मृति सभामा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको व्यक्तित्वमाथि चर्चा गर्दै उनको परिवारले अहिलेसम्म न्याय पाउन नसकेको र थापाको हत्यामा संलग्नहरु अझैपनि कानुनी दायरामा आउन नसकेको बताएका छन्।
पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले स्व. पत्रकार डेकेन्द्रले सशस्त्र द्वन्द्वकालमा चुनौतीपूर्ण पत्रकारिता गर्दा तत्कालीन विद्रोही माओवादीले हत्या गरेको बताए । उनले थापाको परिवारले अझैपनि न्याय पाउन नसकेको हुँदा पत्रकार महासंघ सदैव थापाको परिवारलाई साथ र समर्थन दिने उल्लेख गरे ।
पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, दैलेखका अध्यक्ष चक्र केसी, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पत्रकारहरुमाथि अझैपनि जोखिम कायमै रहेको भन्दै स्व. पत्रकार डेकेन्द्रको परिवारलाई न्याय दिलाउने पक्षमा सहयोग रहने प्रतिवद्धता जनाए ।
फाउण्डेशनका संरक्षक एवं स्व. पत्रकार डेकेन्द्र थापाका श्रीमती लक्ष्मी थापाले विगतमा पत्रकार महासंघले धेरै सहयोग गर्दै आएको बताउँदै आफूले अझैपनि पूर्ण न्याय पाउन नसकेको बताइन् । उनले फाउण्डेशन स्थापना गरेर कर्णालीका पत्रकार तथा पत्रकारहरुका सन्ततिहरुलाई सहयोग गर्ने लक्ष्य राखेको भन्दै फाउण्डशेन स्थपानाका लागि सहयोग गर्न आग्रह गरिन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap