२९ बैशाख २०८१, शनिबार

कर्णालीमा फरार अभियुक्तहरु धमाधम पक्राउ

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कर्णालीमा फरार अभियुक्तहरु धमाधम पक्राउ
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजी कार्य तीव्र पारेको छ । प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट बैशाख महिना यताको चार महिनामा १५८ जनालाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीले फरार अभियुक्तहरुलाई पक्राउ गर्न विशेष अभियान नै संचालन गरेको छ । केही बर्ष फरार अभियुक्त खोज्ने कार्य सुस्त बनाएको प्रहरीले अहिले अभियानै चलाएर अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । बन्दाबन्दीको अवसरलाई सदुपयोग गर्दै फरार अभियुक्त खोजी गर्न सबै जिल्लामातहतका प्रहरीलाई निर्देशन समेत दिइएको छ । कैद सजाय भोग्नुपर्ने फरार अभियुक्तलाई लुकीछुपी विभिन्न क्षेत्र बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरीले फरार सूचीमा रहेका विभिन्न अभियोग लागेकाहरुलाई अभियुक्तको खोजीलाई तीव्र बनाएसंगै अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका हुन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै सल्यानका मात्रै एक सय जना छन्भने अन्य ५८ जना अरु जिल्लाका रहेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतस समक्ष बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कर्णालीमा अदालतले कैद तथा जरिवाना सुनाएका झण्डै दुई हजारजना मध्य अहिले सम्म १५८ जनालाई पक्राउ परेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेशनाथ बास्तोलाले फरार भएकाहरुको खोजी कार्यलाई तीव्रता दिएको बताउनुभयो ।
उहाँले पछिल्ला चार दिनमा मात्रै १२ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको जानकारी दिनुभयो । अझैपनि फरार अभियुक्तहरु खोज्ने क्रम जारी रहेकोले यो संख्या बढ्ने उहाँको भनाइ छ । फरारको खोजी गर्ने कार्य विगतमा पनि भइरहेको बताउँदै उहाँले तर अहिले प्राथमिकताका साथ अगाडि बढाइएकोले भएर धेरै फरार अपराधीहरु धमाधम पक्राउ परेको जानकारी दिनुभयो ।
त्यतिमात्र होइन, फरार अभियुक्तहरुबाट १४ लाख १७ हजार भन्दा धेरै जरिवाना रकमसमेत असुल गरिएको छ । सबैभन्दा धेरै सम्बन्धविच्छेद, बहुविवाह सम्बन्धिका अभियुक्तहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता एसएसपी बास्तोलाले जानकारी दिनुभयो । उहाँले चार महिनाको अवधिमा पक्राउ परेकाहरुमा धेरैजसो सम्बन्धविच्छेद, बहुविवाह, कुटपिट, लागूऔषध सम्बन्धि मुद्दाका रहेको बताउनुभयो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालयले सल्यानको टोलीले ६ वर्ष दुई महिना तीन दिन कैद सजाय भोग्नुपर्ने ८४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी बास्तोलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि २० वर्ष दुई महिना १५ दिन कैद असुल गर्नुपर्ने पाँच जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अदालतले कैद तथा जरिवाना सुनाएका अझै १ हजार नौ सयभन्दा अभियुक्तहरु फरार रहेका छन् । सुर्खेत प्रहरीको फरार सूचीमा एक हजार १५४ जना, सल्यानका २९७ जना, रुकुम पश्चिमका १४९ जना, दैलेखका १०१ जना, कालिकोटका ९० जना, जाजरकोटका ८३ जना, डोल्पाका ३० जना, मुगुका २९ जना, जुम्लाका २३ जना र हुम्लाका १३ जना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा पक्राउ परेकाहरु तीन बर्षदेखि माथिका कैद सजाय पाएका फरार अभियुक्तहरु रहेका छन् ।
प्रहरी प्रवक्ता एवं एसएसपी बास्तोलाले मृत्यु भएका फरार अभियुक्तहरुको हकमा मृत्यु दर्ता ल्याएपछि अपराध कट्टा गरिने जानकारी दिदैं तर जुनसुकै ठाउँमा पनि लुकेर बसेको अवस्थामा ढिलै भएपनि कानुनले समात्ने बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap