३० बैशाख २०८१, आईतवार

लक्षणसहितको कोरोना रोकथामका लागि कर्णाली प्रदेशको यस्तो तयारी

कर्णाली प्रदेश मुख्य समाचार समाचार
लक्षणसहितको कोरोना रोकथामका लागि कर्णाली प्रदेशको यस्तो तयारी
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा लक्षणसहितको कोरोना सङ्क्रमण देखिएको छैन तर पनि यदि देखिएमा के कसरी रोकथाम गर्ने भन्ने विषयमा प्रदेश सरकारले गृहकार्य थालेको छ । मंगलवार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लक्षणसहितको कोरोना देखिएमा गरिने रोकथामको उपायहरु सार्वजनिक गरेको छ ।
नाकामा पिसिआर रिपोर्टको आवश्यकता
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेसम्म कर्णालीमा लक्षण नदेखिएका कोरोना सङ्क्रमितहरु मात्रै रहेको र पूर्व नेपालमा लक्षणसहितको कोरोनाको संक्रमण भएकोले कर्णालीमा रोकथामका लागि विभिन्न उपायहरु अपनाइने जानकारी दिनुभएको छ । कर्णालीको सीमानाका सुर्खेतको बबईमा बाहिरबाट आउनेहरु प्रत्येकलाई पिसिआर परीक्षणको रिपोर्ट ल्याउनुपर्ने र आवातजावतमा असाध्यै कडाई गर्ने, प्रदेशबासी तथा यहाँ खटिएका सवै राष्ट्रसेवक कर्मचारी गरी करिव १८ लाख जनाले अनिवार्य मास्क लगाउनुपर्ने, प्रत्येकले सेनिटाइजर प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गरी काम गर्नुपर्ने जानकारी उहाँले दिनुभयो ।
अक्सिजन प्लान्ट स्थापना
यसैगरी सम्भव भएसम्म प्रदेशका सवै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने तर नसकिएमा प्रदेश राजधानीमा अक्सिजन प्लान्ट स्थापना गरी जिल्लाहरुमा आपूर्ति गर्ने, प्रदेशमा काम गर्ने दाृत निकायलाई प्रदेश सरकारले खटाएको ठाउँमा काम गर्न र सहयोग गर्नुपर्ने, प्रत्येक जिल्लामा कम्तीमा एक सय शय्याको आइसोलेशन बेड बनाइने र सवै पालिकामा ५० वेडको आइसोलेशन बनाइनेछ ।
३० दिन लकडाउन गर्न सकिने
मुख्यमन्त्री शाहीले यदि लक्षणसहितको कोरोना सङ्क्रमण देखिएमा कम्तीमा ३० दिन लकडाउन लगाउने र सीमानाका तथा विमानस्थल कडाई गर्ने जानकारी दिनुभयो । अहिले कर्णालीमा कोरोना समुदायस्तरमा गइ नसकेको दावी गर्दै उहाँले भारतबाट आउनेहरुमा अहिलेसम्म परीक्षण भइरहेकोले अवको केही दिनपछि समुदायस्तरमा पनि परीक्षण गरिने जानकारी दिनुभयो । व्यापारी, बैंकका कर्मचारी, जनप्रतिनिधिलगायत समुदायमा बासिन्दाहरुको परीक्षण गरेपछि मात्रै कोरोना समुदायको गए नगएको एकीन गरिने उहाँको भनाइ छ । साथै बढी भीडभाड हुने पर्व जात्राहरुमा पनि रोक लगाइनेछ ।
प्रत्येक जिल्लामा २०० क्वीन्टल चामल
यसैगरी कोरोनासँगै कर्णालीमा विपदको प्रकोप पनि बढेको छ । बाढी र पहिरोबाट जाजरकोट र कालीकोटमा बढी धनजनको क्षति भएकोले प्रदेश सरकारले राहत, उद्धारलाई प्राथमिकता दिएको जानकारी मुख्यमन्त्री शाहीले दिनुभयो । उहाँले प्रदेशका प्रत्येक जिल्लामा उद्धार सामग्री खरिद गर्न पाँच लाखका दरले रकम पठाइएको, प्रत्येक जिल्लामा कम्तीमा दुई सय क्वीन्टल चामल मौज्दात राखिएको, प्रत्यक्ष बाढीपहिरो पीडितलाई तीन महिनासम्म खाद्यान्न दिइने, घर भत्केका परिवारलाई मर्मत खर्चका लागि एक लाख दिइने बताउनुभयो ।
हेलिप्टर भाडामा लिइने
प्रदेश सरकारले छिटो उद्धारका लागि हेलिकप्टर भाडामा लिने तयारी गरेको छ । भौगोलिक विकटताले गर्दा तत्कालै राहत तथा उद्धार कार्यका लागि हेलिकप्टर नै उत्तम भएकोले भाडामा लिने तयारी भइरहेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भदौ मसान्तसम्मका लागि हेलिकप्टर भाडामा लिने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो । उद्धार तथा राहत कार्य ढिलाइ भएको गुनासो आएकोले सो कार्य छिटो गराउनका लागि हेलिकप्टर भाडामा लिइने उहाँको भनाइ छ ।
दुई जिल्लामा समुदायिक परीक्षण सुरु
कोरोना समुदायमा फैलिएको छ छैन भनेर एकीन गर्नका लागि प्रदेशका दुई जिल्लामा समुदायिक परीक्षणको काम सुरु गरिएको छ । सामाजिक विकास मन्त्री दल रावलले दैलेख र सुर्खेतमा सामुदायिक परीक्षणको काम सुरु भइसकेको जानकारी दिनुभयो । कर्णालीमा सुर्खेत र दैलेख बढी कोरोना सङ्क्रमण भएका जिल्ला हुन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap