२२ बैशाख २०८१, शनिबार

कर्णालीमा २४ जना संक्रमित थपिए

कर्णाली मुख्य समाचार समाचार
कर्णालीमा २४ जना संक्रमित थपिए
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा आज (बुधवार) एकै दिन २४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनालाई कोरोना पुष्टि भएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार सात सय १४ पुगेको छ ।

सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो । उहाँका अनुसार दैलेखमा ३ जना, जुम्लामा १ जना, अछाममा १ जना, सल्यानमा ३ जना थपिएका छन् ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ८०१ पुगेको छभने सुर्खेतमा ४९६ पुगेको छ । त्यसपछि सल्यानमा २१६, कालीकोटमा ५७, जुम्लामा ४०, जाजरकोटमा २१, मुगुमा ५, हुम्लामा २, डोल्पामा ४ र रुकुम पश्चिममा १९ जना फेला परेका छन् ।

यसैगरी हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या १४७५ पुगेको छ । बुधवार दुल्लु दैलेख अस्पताल आइसोलेसन सेन्टरबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाबाट १ जना, नौमुले आइसोलेसन सेन्टर दैलेखबाट ३ जना, सानित्रिवेणी आइसोलेसन कालिकोटबाट ४ जना, पलौता आइसोलेसन सेन्टर कालिकोटबाट १ जना गरी कूल १३ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या १५२९ र महिलाको संख्या १८५ जना रहेका छन् ।

यो सहित अहिलेसम्म कूल १४७५ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap