१६ बैशाख २०८१, आईतवार

तत्काल विद्यार्थी भर्ना नगर्न निर्देशन

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
तत्काल विद्यार्थी भर्ना नगर्न निर्देशन
22 Shares

सुर्खेत ।

वीरेन्द्रनगरका केही विद्यालयहरुले भित्रभित्रै बालबालिकालाई भर्ना गर्न आव्हान गरिरहेका बेला वीरेन्द्रनगर नगरपालिकाले भने अहिले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले सो निर्देशन दिएको हो । शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले औपचारिक रुपमा विद्यालय भर्ना अभियान नभएकोले कुनैपनि विद्यालयहरुले भर्ना गर्न नपाउने बताउनुभयो ।

अहिले विद्यालय संचालनको लागि कुनै निर्णय नै नभएको भन्दै सरकारले पनि बोलेको छैन । शैक्षिक सत्र घोषणा नगरेको अवस्थामा शैक्षिक संस्थामा भर्नाको अनुमति नदिइएको उहाँको भनाइ छ । सामान्य लेखापढीको व्यवस्था गर्न सकिने भएपनि सरकारले नै शैक्षिक सत्र घोषणा नगरेको भन्दै उपसचिव सिंहले सुर्खेतमा पनि विद्यार्थी भर्ना गर्न कुनैपनि विद्यालयहरुलाई स्वीकृति तथा अनुमति नदिइएको जानकारी दिनुभयो । विद्यार्थी भर्ना नगर्नपनि सम्बन्धित सवै विद्यालयहरुलाई जानकारी पनि गराइसकेको उहाँको भनाइ छ ।

कोरोनाको जोखिम अझै रहेको छ । कतिपय सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको छ । यस्तो अवस्थामा तत्कालै विद्यार्थी भर्ना गर्ने, अध्ययन संचालन गर्न नसकिने अवस्था छ । केही संस्थागत विद्यालयले भने अभिभावकहरुलाई विद्यार्थी भर्ना गर्न आग्रह गरिरहेका छन् ।

यता प्याव्सन सुर्खेतका अध्यक्ष बेदप्रसाद ढकालले यदि विद्यालय संचालनको अनुमति पाएमा सुरक्षा सावधानी तथा सामाजिक दुरी अपनाएर अध्ययन अध्ययापन गर्न सकिने बताउनुभयो । उहाँले विद्यार्थीहरुको रेकर्ड राख्नका लागि विद्यालयहरुले भर्ना गर्न भनेको हुनसक्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap