१६ बैशाख २०८१, आईतवार

२० संक्रमित थपिए, १६ फर्किए

कर्णाली मुख्य समाचार समाचार
२० संक्रमित थपिए, १६ फर्किए
6 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय नाघेको छ । बुधवार मात्रै नयाँ २० जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार पाँच सय ५० पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार पाँच सय ५० पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले बुधवार जारी गरेको सूचना अनुसार दैलेखमा ५ जना, सुर्खेतमा १३ जना, मुगुमा २ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७८६ पुगेको छभने सुर्खेतमा ३९७ पुगेको छ । त्यसपछि सल्यानमा २००, कालीकोटमा ५०, जुम्लामा ३२, जाजरकोटमा १६, मुगुमा ५, हुम्लामा दुई, डोल्पामा ३, रुकुम पश्चिममा १० जना संक्रमित फेला परेका छन् ।

१२९१ जना निको भएर फर्किए

हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या १२९१ पुगेको छ । बुधवार चौरजहारी अस्पतालबाट २ जना, सल्यान अस्पतालबाट ५ जना, सालकोट आइसोलेसन सेन्टरबाट १ जना, चौकुने आइसोलेसन सेन्टरबाट ८ जना गरी कूल १६ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या १३९८ र महिलाको संख्या १५२ जना रहेका छन् ।

यो सहित अहिलेसम्म कूल १२९१ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap