१५ बैशाख २०८१, शनिबार

मास्क नलगाए कारबाही

कर्णाली मुख्य समाचार समाचार
मास्क नलगाए कारबाही

सुर्खेत । लकडाउन जारी रहेका बेला सडकमा भीडभाड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ । मंगलवार एक सूचना जारी गरी प्रशासनले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशन दिएको हो ।

लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन भनेको र मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गरिने सूचनामा जनाइएको छ ।

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने भएको छ । ‘कोरोना संक्रमणको खतरा कायमै छ, लकडाउनसमेत जारी छ, यस्तो अवस्थामा काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे आफ्नै ज्यान जोखिममा पर्छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी एवं डिएसपी रामप्रसाद घर्तीले भने ।

डिएसपी घर्तीका अनुसार सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने छ । ‘सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको छ र यहाँ मास्क प्रयोग नगर्नेलाई अहिलेसम्म त सचेत गराएर घरमा पठाएका छौँ । उनले भने अबभने अटेर गर्नेलाई पक्राउ गर्ने आदेश आएको छ, त्यसै गर्नेछौँ ।’

दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने भन्ने सर्तमा लकडाउनलाई खुकुलो पारिएको थियो । तर त्यसको पालना नभएको र कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरिएको हो ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap