१५ बैशाख २०८१, शनिबार

प्रदेश अस्पतालको ओपीडी सेवा आइतवारदेखि संचालन

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
प्रदेश अस्पतालको ओपीडी सेवा आइतवारदेखि संचालन
0 Shares

सुर्खेत ।

प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमण भएपछि एक सातादेखि बन्द रहेको ओपीडी सेवा आइतवारदेखि पुनः संचालनमा आउने भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले ओपीडी सेवा आइतवारदेखि पुनः संचालनमा आउने जारी दिएका छन् ।
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको ओपीडी सेवा केही समय बन्द रहेकोमा अव आइतवारदेखि पुनः संचालन गरिने चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई जानकारी गराइएको छ । अस्पतालका चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण भएपछि थप बढ्न नदिन अस्पतालले एक साता अगाडि ओपीडी सेवा बन्द गरेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap