१६ बैशाख २०८१, आईतवार

कांग्रेसले गर्याे स्वर्गीय गिरिजाबाबुकाे सम्झना

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कांग्रेसले गर्याे स्वर्गीय गिरिजाबाबुकाे सम्झना
39 Shares

सुर्खेत ।

नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सम्झना गरेकाे छ । बिहीवार स्व. काेइरालाकाे ९६ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद काेइराला प्रतिष्ठानले सुर्खेतमा उहाँकाे सम्झना गरेकाे हाे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले स्व. गिरिजाप्रसाद कोइरालाकाे सम्झना गर्दै उहाँले गरेका कामको प्रशंसा गर्नुभयो। उहाँले कोर्इराला जस्तो काँग्रेसमा नेतृत्व गर्ने क्षमता भएको नेता नहुदाँ पार्टी सञ्चालनमा समस्या भएको टिप्पणाी गर्दै अहिले कोर्इरालाको अभाव खट्किएको महसुस गर्नुभयो। नेता थानीले कोर्इरालाले नेपाली राजनितिमा खेलेको भूमिकाको चर्चा गर्दै देशकाे अप्ठेराे अवस्थामा जनताले गिरिजाबाबुलाइ सम्झने गरेको उल्लेख गर्नुभयो। उहाँले कोर्इरालाकै नेतृत्वमा देशमा ठूलाठूला राजनीतिक परिवर्तन अाएकाे भन्दै उहाँले थालनी गरेको मार्गदर्शनलाइ अात्मसात गर्नुकाे बिकल्प नभएकाे औल्याउनु भयो।
यस्तै काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले गिरिजाबाबुको नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेको बताउनुभयो। उहाँले तत्कालीन नेकपा माओबादीलाई १२ बुँदे सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन प्रमुख भूमिका गिरीजाप्रसालले नै खेलेको दावी गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष ललित भट्टराइले स्व. गिरिजाबाबुकाे अडान, साहस र राजनीतिक यात्रा सवैका लागि अनुकरणीय भएकाे उल्लेख गनुर्भयाे ।
पाँचपटकसम्म प्रधानमन्त्री हुनुभएका कोर्इरालाको राजनीतिक यात्रा विक्रम सम्मत २००४ सालमा बिराटनगर जुट मिलको श्रमिक नेताको रुपमाबाट सुरु भएको हो। विसं १९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap