२१ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा बिहीवार मात्रै ७२ जना कोरोना संक्रमित थपिए

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णाली प्रदेशमा बिहीवार मात्रै ७२ जना कोरोना संक्रमित थपिए
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय नाघेको छ । बिहीवार मात्रै नयाँ ७२ जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार चार सय ७ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २७ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार चार सय ७ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीवार जारी गरेको सूचना अनुसार दैलेखमा १८ जना, सुर्खेतमा १२ जना, कालिकोटमा ३ जना, जुम्लामा १ जना, सल्यानमा १ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७५५ पुगेको छभने सुर्खेतमा ३२७ पुगेको छ । त्यसपछि सल्यानमा १७४, कालीकोटमा ४७, जुम्लामा २९, जाजरकोटमा ११, मुगुमा दुई, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममाभने एक÷एक जना संक्रमित फेला परेका छन् ।

६९२ जना निको भएर फर्किए

हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ६९२ पुगेको छ । बिहिवार दुल्लु आइसोलेसन सेन्टरबाट ७ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट ८४ जना, प्रदेश अस्पताल सुर्खेतबाट ३३ जना गरी कूल १२४ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या १२८६ र महिलाको संख्या १२१ जना रहेका छन् ।

यो सहित अहिलेसम्म कूल ६९२ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap