२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा बुधवार २८ संक्रमित थपिए

कर्णाली शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा बुधवार २८ संक्रमित थपिए
5 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ । बुधवार मात्रै नयाँ २८ जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार तीनसय ३५ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ८ जना भएपछि कूल संक्रमितको संख्या एक हजार तीन सय ३५ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले बुधवार जारी गरेको सूचना अनुसार दैलेखमा ३ जना, सुर्खेतमा १३ जना, कालिकोटमा १ जना, जुम्लामा ४ जना, जाजरकोटमा १ जना, सप्तरीमा १ जना, उदयपुरमा १ जना, रुपन्देहीमा १ जना, ताप्लेजुङमा १ जना, धनुषामा १ जना, दाङमा १ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७३६ पुगेको छभने सुर्खेतमा ३१५ पुगेको छ । त्यसपछि सल्यानमा १७३, कालीकोटमा ४४, जुम्लामा २८, जाजरकोटमा ११, मुगुमा दुई, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममाभने एक÷एक जना संक्रमित फेला परेका छन् ।

५६८ जना निको भएर फर्किए

हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ५६८ पुगेको छ । बुधवार भगमतीमाई आइसोलेसन सेन्टरबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, गुटु आइसोलेसन सेन्टरबाट १ जना, सालकोट आइसोलेसन सेन्टरबाट १ जना, कोटँडाडा सेन्टर मुगुबाट १ जना गरी कूल ८ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या १२१७ र महिलाको संख्या ११८ जना रहेका छन् ।

यो सहित अहिलेसम्म कूल ५६८ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap