१७ बैशाख २०८१, सोमबार

कर्णालीमा कोरोना संक्रमितको संख्या १३०० नाघ्यो, मृतककाे संख्या पाँच

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कोरोना संक्रमितको संख्या १३०० नाघ्यो, मृतककाे संख्या पाँच
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ । मंगलवार मात्रै नयाँ २५ जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार तीनसय ७ पुगेको छ ।

 

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना र कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जना भएपछि कूल संक्रमितको संख्या एक हजार तीन सय ७ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले मंगलवार जारी गरेको सूचना अनुसार दैलेखमा १९ जना, सुर्खेतमा ५ जना र कालिकोटमा १ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७३३ पुगेको छभने सुर्खेतमा ३०२ पुगेको छ । त्यसपछि सल्यानमा १७३, कालीकोटमा ४३, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममाभने एक÷एक जना संक्रमित फेला परेका छन् ।

५६० जना निको भएर फर्किए

हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ५६० पुगेको छ । मंगलवार लेकबेसी आइसोलेसन सेन्टरबाट पाँच पुरुष र एकजना महिला गरी कूल ६ जना, जाजरकोट बारेकोट आइसोलेसन सेन्टरबाट दुई पुरुष र एकजना महिला गरी कूल ३ जना गरी कूल ९ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या ११९४ र महिलाको संख्या ११३ जना रहेका छन् ।

यो सहित अहिलेसम्म कूल ५६० जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap