२१ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणका कारण कर्णालीमा एक जनाको मृत्यु

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य
कोरोना संक्रमणका कारण कर्णालीमा एक जनाको मृत्यु
0 Shares

सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) का कारण कर्णालीमा १ जनाको मृत्यु भएको छ । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुल्लु नगरपालिका – ३ का ४५ वर्षीय पुरुषको प्रदेश अस्पतालमा कोरोना संक्रमणका कारण सोमवार साँझ निधन भएको हो ।

प्रदेश अस्पतालमा कार्यरत कोरोना फोकल पर्सन डा. के.एन पौडेलका अनुसार ती ब्यक्तीलाई क्षयरोग बिरामीका कारण असार ३ गते प्रदेश अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा ४ गते उनमा कारोना संक्रमण पुष्टि भएको डा. पौडेलले जानकारी दिए । ‘उहाँ असार ३ गते यहाँ भर्ना हुनुभएको थियो । ४ गते टेष्ट गर्दा रिर्पोट पोजेटिभ देखियो पौडेलले भने त्यसपछि हामीले कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं,’ सोमबार साँझ नै उहाँकाे मृत्यु भयो ।’

ती ब्यक्तीको सुर्खेतमै अन्त्येष्टि गर्ने तयारी भएको डा. पौडेलले जनाए । उनका अनुसार नेपाली सेनाको टोली अन्त्येष्टिका लागि तयारी अवस्थामा रहेका छन् । मृतकका श्रीमती उनीसँगै अस्पताल आएपनि उनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।

कर्णालीमा थप एकजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक-एकजनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap