२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा काेराेना बढेकाे बढ्यै, कूल संक्रमित १२८२

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य
कर्णालीमा काेराेना बढेकाे बढ्यै, कूल संक्रमित १२८२
6 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय नाघेको छ । सोमवार मात्रै नयाँ २६ जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार दुई सय ८२ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना भएपछि कूल संक्रमितको संख्या एक हजार दुई सय ८२ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयले सोमवार जारी गरेको सूचना अनुसार दैलेखमा ३ जना, सल्यानमा ४ जना, हुम्लामा १ जना र सुर्खेतमा १८ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७१४ पुगेको छभने सुर्खेतमा २९७ पुगेको छ । त्यसपछि सल्यानमा १७३, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममाभने एक-एक जना संक्रमित फेला परेका छन् ।

५५१ जना निको भएर फर्किए

हालसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ५५१ पुगेको छ । रुकुम पश्चिम चौरजहारी अस्पतालबाट ९ जना, सालकोट आइसोलेसन सेन्टरबाट ६ जना, मेहेलकुना अस्पतालबाट ५ जना, गरी कूल २० जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या ११७३ र महिलाको संख्या १०९ जना रहेकाे छ ।

यो सहित अहिलेसम्म कूल ५५१ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap