२१ बैशाख २०८१, शुक्रबार

प्रदेश अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
प्रदेश अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण
5 Shares

सुर्खेत ।
बिरामीको उपचार गर्ने क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालका पाँचजना स्वास्थ्यकर्मी लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा प्रदेश अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालमा कार्यरत पाँच जनालाई कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सङ्क्रमित पाँच जना स्वास्थ्यकर्मीहरु प्राविधिकतर्फका रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये एक जना भिडियो एक्सरेमा कार्यरत र अन्य चारजना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरु हुन् ।
गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको मन्त्रालयले जनाएको छ । जेठ ३१ र ३२ गते दैलेखका दुई जना र सुर्खेतका एक जना बिरामी प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका विरामीमा बिरामीमा कोरोना संक्रमण देखिएको छ । असार ३ गते विरामीहरुको पिसिआर परीक्षण गर्दा कोरोना देखिएको थियो ।
आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीमा कोरोना देखिएपछि अस्पतालले सङ्क्रमितको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा राखेको थियो । कार्यालय सहयोगीसहित ४२ जनाको पीसीआर परीक्षण गर्दा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । सङ्क्रमण देखिएका पाँच जनालाई आइसोलेशनमा राखिएको छभने नेगेटिभ आएकालाई पुनः काममा लगाइएको प्रदेश अस्पतालका डा. नवराज केसीले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना सङ्क्रमण देखिएपछि कोरोना समुदायमा फैलिएको अनुमान गर्न सकिन्छ । डा. केसीका अनुसार आकस्मिक कक्षमा उपचार गराउन आएकाहरुलाई कोरोना पुष्टि भएपछि कोरोना समुदायमा फैलिएको छ । स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित हुन थालेपछि अवस्था जटिल आउन थालेको भन्दै डा. केसीले कोरोना उपचारको लागि र अन्य रोग उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता देखिएको बताउनुभयो । परीक्षण गर्ने हो भने समुदायमा अझै सङ्क्रमित देखिन सक्ने उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap