१७ बैशाख २०८१, सोमबार

कर्णाली प्रदेशभर फैँलिदै कोभिड-१९, आइतवार ११ जना थपिए

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य
कर्णाली प्रदेशभर फैँलिदै कोभिड-१९, आइतवार ११ जना थपिए
2 Shares

सुर्खेत । कर्णाली प्रदेशका दैलेख, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा गरी आइतवार ११ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् ।

 

प्रदेशको सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखमा २, सल्यान ६, रुकुम पश्चिम १ र सुर्खेतमा २ जना गरेर कूल ११ जना सङ्क्रमित थपिएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ सय ५६ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये सल्यानकोे वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर २, ३, ५ र ६ मा एक÷एक जना र वडा नम्बर ४ मा दुई जना रहेका संक्रमित रहेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ७ र ८ मा एक-एक जना र दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा दुई जना संक्रमित छन् ।

यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जनाउनुभयो ।

सामाजिक मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७११ पुगेको छभने सुर्खेतमा २७९ पुगेको छ । सल्यानमा १६९, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा दश, मुगुमा दुई, रुकुम पश्चिममा १, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् ।

त्यसैगरी आइतवार नै प्रदेश अस्पताल सुर्खेतबाट १ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसनबाट ३ जना, नौमुले आइसोलेसन दैलेखबाट ७ जना, जाजरकोट आइसोलेसनबाट १ जना गरी कुल १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ सय ३१ पुगेको छ । यद्यपी कर्णालीमा ४ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap